काठमाडौँ : पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्ने बताएका छन्।सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिसमेत सधैँ विवादमा परिरहने भएकाले सो परिषद्को संरचना नै सुधार गर्नुपर्ने उनको तर्क थियो। शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशको नियुक्तिलाई सधैँ विवादमा पारेर कसरी न्यायालयबाट स्वतन्त्र र सक्षम न्याय सम्पादनको आशा गर्न सकिन्छ ? भनी प्रश्न समेत गरे। उनले संवैधानिक परिषद् र संसदीय सुनुवाइ समिति