काठमाडौं : संविधानमा राज्यका तीनवटा अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको व्यवस्था छ। यी तीनवटै अङ्गलाई स्वतन्त्र रूपमा काम गर्ने अधिकार दिइएको छ। तर, व्यवहारमा न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाको मारमा छ। मुलुकको सर्वोच्च न्यायालय सर्वोच्च अदालत १४ महिनादेखि प्रधानन्यायाधीशविहीन छ। ०७८ फागुन १ गतेदेखि सर्वोच्च अदालत कामुका भरमा चलिरहेको छ।त्यसयता कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका भरमा न्यायालयको नेतृत्व चलिरहेको छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबर