पोखरा- कालिकाकी लक्ष्मी अर्याल खत्रीले पोहोर कोदो बारीको डिलमा फूलाएको सयपत्रीले २० हजार रुपैयाँ आम्दानी दिलायो । कोदोले खेतीले भन्दा गतिलो आम्दानी दिएपछि हौसिएकी उनले यसपाली पूरै ३ रोपनी जग्गामा ढकमक्क सयपत्री फूलाएकी छन् । अरु अन्नवाली लगाउने सोंचसमेत भएन उनको । पोखरा महानगरपालिका र श्री कम्पलेक्सको साझेदारीमा सञ्चालित रैथाने हाटबजारमा ४ दिनदेखि उनले फूलमाला […]
काठमाण्डाै – आर्थिक गतिविधि सुस्त हुँदा सरकारलाई राजस्व सङ्कलनको लक्ष्य भेटाउन मुस्किल देखिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर झन्डै छ महिना पुग्न लाग्दा जम्मा तीन खर्ब नौ अर्ब २८ करोड रुपैयाँ राजस्व उठाएको छ । यो कुल लक्ष्यको जम्मा २२ दशमलव ५ प्रतिशतमात्रै हो । पोहोर छ महिनामा सरकारले तीन खर्ब ९७ अर्ब रुपैयाँ अर्थात् लक्ष्यको ३३ प्रतिशत राजस्व उठिसकेको थियो ।
यो वर्ष कर राजस्वबाट दुई खर्ब ८४ अर्ब, गैरकर राजस्वबाट २४ अर्ब ४८ करोड, अनुद...
काठमाडौं, बैशाख २१। काठमाडौं । नयाँ युगको शुभारम्भ भन्दै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ वर्षमा १० अर्ब ७८ करोड रुपैयाँ थपिएको छ । पोहोर वैशाख १९ गते ५ अर्ब ४५ करोड रहेको योगदान रकम यसपालि वैशाख १८ गतेसम्ममा १६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो । सामाजिक […]
काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वेदेशी र विदेशी गरी एक सय ५४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गएकाे आर्थिक वर्षको ६ महिनामा एक सय तीन वटा उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुससम्म ५१ वटाले बढेर एक सय ५४ वटा पुगेका छन् । जसमध्ये ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन् ।
यी उद्योगमा एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यसमध्ये ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव हो भने बाँकी स्वदेशी रहेको छ । गएकाे आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ७२ ...
१ माघ, काठमाडौं । सरकारले पोहोर माघमा साझा यातायातलाई बस किन्न नरोकेको भए यतिबेला काठमाडौंका सडकमा कम्तीमा ५० वटा बिजुली बस गुडिसक्थे । ३ अर्ब रुपैयाँ अनुदान पाएर स्पेसिफिकेसन बनाउँदै गरेको साझालाई स्वार्थ समूहको खेलमा परेर सरकारले बस किन्न नदिने निर्णय गरेर अल्झाइदिएको थियो । त्यसलगत्तै प्रदेश ३ सरकार र काठमाडौं महानगरपालिकाले पनि साझालाई बस […]