काठमाण्डाै – चालु अर्थिक वर्षको पहिलो ६ महिनामा विप्रेषण (रेमिट्यान्स) साढे पाँच प्रतिशतले घटेको छ । साउनदेखि पुससम्म चार खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको र यो गएकाे वर्षको ६ महिनाको भन्दा साढे पाँच प्रतिशतले कम रहेको राष्ट्र बैंकले जनाएको छ । पोहोर साउनदेखि पुससम्म रेमिट्यान्स ११ प्रतिशतले बढेको थियाे ।
यस्तै ६ महिनामा अमेरिकी डलरमा प्राप्त हुने रेमिट्यान्समा पनि ६ दशमलव २ प्रतिशतले कमी आएर तीन अर्ब ९३ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएकाे छ ।
यस्तै ६ महिनामा वैदेशिक रोजगा...