काठमाण्डाै – चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा नेपालको चालु खाता ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको तीन महिनामा चालु खाता एक खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको तीन महिनामा एक अर्ब २६ करोडले घाटामा रहेको चालु खाता यो वर्षको तीन महिनामा २७ करोडले घाटामा रहेको छ । तीन महिनामा पुँजीगत ट्रान्सफर ३४ दशमलव आठ प्रतिशतले वृद्धि भइ दुई अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी आठ करोड रुपैयाँ प्राप्त भए...