विदेशीले नेपालमा झण्डै ५२ अर्ब खर्च गर्दा नेपालीले विदेशमा १ खर्ब २ अर्ब रुपैयाँ खर्च

काठमाण्डाै - नेपालमा विदेशीले गर्ने खर्च अर्थात् भ्रमण आयभन्दा नेपालीले विदेशमा गर्ने खर्च अर्थात् भ्रमण व्यय दोब्बरले धेरै रहेको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि वैशाखसम्मको १० महिनाको तथ्याङ्क अनुसार नेपालमा आउने पर्यटकहरुबाट ५१ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ । यही अवधिमा विदेश जाने नेपालीले भने १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरेका छन् । तर विदेशीले नेपालमा गर्ने खर्च भने पोहोरभन्दा दोब्बरले धेरै हो ।पोहोर १० महिनामा विदेशीले नेपालमा २६ अर्ब ७७ करोड रुपैयाँ खर्च गरेका थिए । नेपालीले विदेशमा खर्च...