उद्योग दर्ता पोहोर भन्दा अहिले बढ्यो, झन्डै दुई खर्ब रुपैयाँको लगानी प्रस्ताव

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा स्वेदेशी र विदेशी गरी एक सय ५४ वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार गएकाे आर्थिक वर्षको ६ महिनामा एक सय तीन वटा उद्योग दर्ता भएकोमा यो वर्ष साउनदेखि पुससम्म ५१ वटाले बढेर एक सय ५४ वटा पुगेका छन् । जसमध्ये ४५ वटा ठूला, ५७ वटा मझौला र ५२ वटा साना उद्योग रहेका छन् । यी उद्योगमा एक खर्ब ८६ अर्ब रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । यसमध्ये ३० अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानीको प्रस्ताव हो भने बाँकी स्वदेशी रहेको छ । गएकाे आर्थिक वर्षको पहिलो ६ महिनामा जम्मा ७२ ...

सम्बन्धित सामग्री

उद्योगमा लगानी प्रस्ताव ९१ प्रतिशत बढ्यो

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ चैत मसान्तसम्ममा उद्योगमा लगानीको प्रस्ताव उल्लेख्य बढेको छ । स्वदेशी र विदेशी लगानीमा दर्ता भएका कुल २३२ उद्योगमा प्रस्तावित लगानी गतवर्षको तुलनामा ९१ दशमलव ३६ प्रतिशतले वृद्धि भएको देखिएको छ ।  उद्योग विभागका अनुसार चालू आवको ९ महीनामा स्वदेशी र विदेशी लगानीमा सञ्चालन गर्ने गरी दर्ता भएका ती उद्योगमा २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएको हो । गत आव २०७७/ ७८ मा भने यस्तो लगानी प्रस्ताव १ खर्ब ३९ अर्ब रुपैयाँ थियो । उद्योग दर्ता संख्या १६९ थियो । विभागको तथ्यांकले उद्योगको दर्ता संख्या र लगानी वृद्धि देखाउँछ । दर्ता भएका स्वदेशी तथा विदेशी उद्योग सञ्चालनमा आएमा २१ हजार ६२३ जनाले रोजगारी पाउनेछन् ।  विभागका अनुसार चालू आवमा स्वदेशी तथा विदेशी लगानीका साना उद्योग दर्ता बढी छ । दर्ता भएका उद्योगमा ८३ ओटा साना छन् । मझौला ८२ र ठूला ६७ उद्योग दर्ता भएका छन् ।  यसैगरी, चालू आवको नौ महीनामा वैदेशिक लगानी प्रस्तावमा पनि सुधार देखिएको छ ।  विभागका अनुसार गत साउनदेखि चैतसम्मको नौ महीनामा वैदेशिक लगानीका १५५ उद्योग दर्ता भएका छन् । ती उद्योगमा ३३ अर्ब ४२ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ । गतवर्ष सोही अवधिमा २६ अर्ब १४ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो । पोहोर उक्त अवधिमा साना, ठूला र मझौला गरी १४२ ओटा उद्योग दर्ता भएका थिए । गतवर्षको तुलनामा दर्ता र लगानी प्रस्ताव दुवै बढेसँगै रोजगारी पनि बढ्ने देखिएको छ । यसैगरी, ट्रेडमार्क दर्ता संख्यामा पनि वृद्धि देखिएको छ । चालू आवमा २ हजार ३५६ ट्रेडमार्क दर्ता भएका छन् । पोहोर यो अवधिमा २ हजार ७१ दर्ता ट्रेडमार्क भएका थिए । विभागका निर्देशक भक्तराज जोशीले जलविद्युत्, पर्यटन र ठूला लगानीका केही इन्भेष्टमेन्ट कम्पनी समेत दर्ता हुँदा यसपालि लगानी बढेको बताए । सरकारले लिएको उद्योगलाई सहजीकरण गर्ने नीति, औद्योगिक वातावरणका साथै एकल विन्दु सेवा केन्द्रका कामले उपलब्धि दिन थाल्दा लगानी बढेको उनको भनाइ छ ।  सरकारले पटकपटक लगानी सम्मेलनहरू गरेको र लगानीका लागि रेड कार्पेट बिच्छ्याएको सन्देश दिइरहेकाले पनि विदेशी लगानीको प्रस्ताव बढेको उनको दाबी छ । तुलनात्मक रूपमा कोभिड–१९ संक्रमण अवधिमा पनि वैदेशिक लगानी राम्रो आएको र सरकारले लिएका औद्योगिक नीतिका कारण स्वदेशी लगानी प्रस्ताव पनि उल्लेख्य वृद्धि देखिएको उनको भनाइ छ ।