काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा–सुविधा उपलब्ध गराउने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको छ । ग्राहकलाई बैंकिङ कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले बैंकको डिजिटल सेवा–सुविधाको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्न हेल्पलाइन स्थापना गरेको हो । हेल्पलाइन सेवाअन्तर्गत ग्राहकले बैंकको कुनै पनि डिजिटल कारोबारसम्बन्धी जिज्ञासा भए सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट बुझ्न सक्नेछन् । बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएम तथा पीओएस कारोबारमा केही समस्या आए ग्राहकले हेल्पलाइन नम्बर वा इमेल ठेगानाबाट सीधै सहयोग लिन सक्नेछन् । हेल्पलाइन सेवाले ग्राहकको बैंकिङ कारोबार तथा डिजिटल कारोबारलाई थप सहज बनाउने विश्वास बैंकको छ ।