काठमाडौँ। बैंक अफ काठमाण्डू लिमिटेडले हेल्पलाइन सेवा सुरु गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्न हेल्पलाइन स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको हो।