नेपाल राष्ट्र बैंकले बजारमा साढे छ खर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको बताएको छ । मंसिर मसान्तसम्ममा कुल छ खर्ब ५४ अर्ब ८८ करोड १७ लाख ६७ हजार ९१७ रुपैयाँ बराबरको नोट बजारमा रहेको बैंकले जनाएको हो । यस्तो नोट अघिल्लो महिना (कात्तिक) मा कुल छ खर्ब ८७ अर्ब ७७ करोड ३० लाख ३२ हजार ९१७ रुपैयाँ बराबर रहेको थियो । बैंकको रिपोर्ट अनुसार एक महिनामा ३२ अर्ब ८९ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको नोट बजारबाट फिर्ता भएको छ ।