मन्त्रीको विषयमा माधव नेपालको पार्टीमा भाँडभैलो, १० सांसदको ८ बुँदेमा के छ ?

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा मन्त्रीको विषयलाई लिएर भाँडभैलो सुरु भएको छ।  पार्टीको निर्णयलाई चुनौती दिँदै १० सांसदले मन्त्री हेरफेर हुन नसक्ने भन्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण नै गराएका छन् । ८ बुँदे ध्यानाकर्षण पत्रमा बजेट अधिवेशन चलिरहेका बेला एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने उल्लेख गरिएको छ । यस्तै पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौँ भनेर नेतृत्वलाई मन्त्रीहरुले

सम्बन्धित सामग्री

सांसदहरुको शपथ ग्रहणपछि मात्र जसपाले संसदीय दलको नेता छान्ने

जनता समाजवादी पार्टी नेपालले सांसदको शपथग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । लगभग सबै प्रमुख दलले संसदीय दलको नेता टुङ्ग्याइसके पनि जसपाले हालसम्म त्यसबारे छलफल पनि सुरु गरेको छैन ।जसपाका प्रवक्ता मनिष सुमनका अनुसार पार्टीभित्र संसदीय दलको नेतालगायत अन्य विषयको बारेमा पार्टीमा आन्तरिक गृहकार्य सुरु भएको छ । संघीय सांसदको शपथग्रहणपछि संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपनि अब संसदीय दलको नेता को हुने भन्नेमा अन्य

माओवादीका चार बागी प्रदेश सांसद तत्काल पार्टीमा नफर्किने

नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका चार जना प्रदेश सभा सांसद तत्काल पार्टीमा नफर्किने भएका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका चारै जना स्वतन्त्र सांसदको रुपमा रहने बताएका हुन् । रुकुम पूर्वको प्रदेश सभा ‘क’ बाट निर्वाचित अजयशक्ति सरुल पुनमगर, रोल्पा प्रदेश सभा‘ख’बाट निर्वाचित दीपेन्द्र पुनमगर, पश्चिम नवलपरासी क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’बाट निर्वाचित खड्ग बस्नेत र सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा &l

माधव नेपाल पक्षको भेला– घनश्यामबाहेक कार्यदलका अन्य सदस्य गएनन्

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको भेला मंगलवार नयाँ बानेश्वरमा शुरू भएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसद सहभागी छन् । पार्टीमा सहमति गर्न गठित कार्यदलका सदस्यमध्ये उपमहासचिव घनश्याम भुसालबाहेक कोही पनि बैठकमा उपस्थित छैनन् । यसअघि नेपाल पक्षका सांसदको भेला सिंहदरबारमा पनि भएको थियो । नेपालको पक्षका विगतमा खुलेर लागेका सांसद झपट रावलले तत्कालै पार्टी विभाजनमा जान नहुने धारणा ...

माधव पक्षको रणनीति : सरकारमा नजाने, सांसद संख्या बढाउने

नेकपा एमालेका वरिष्ठ नेता (माधव नेपाल पक्ष) का सांसदको बैठकले आफ्नो पक्षमा सांसदहरुको संख्या कसरी बढाउन सकिन्छ भन्नेबारेमा छलफल गरेको छ । मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए । उनले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताए । ‘हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ,’ सांसद खतिवडा

कर्णालीका चार सांसदको पुनर्बहाली आदेशविरुद्ध एमाले पुनरावलोकनमा जाने

काठमाडौं : कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने भएको छ।सर्वोच्च अदाललते बिहीबार कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशविरुद्ध पुनरावलोकनमा जानका लागि पार्टीमा छलफल भइरहेको प्रवक्ता प्रदिप ज्ञवालीले थाहाखबरलाई जानकारी दिए।त्यसका लागि पार्टीले निर्णय गरिनसकेको भए पनि छलफल भइरहेको उनले बताए। प्रवक्ता ज्ञवालीले अदालतको आदेशले सरकार वा पार्टीलाई अफ्ठेरो पर्यो भनेर नभई, दलीय

अध्यक्ष ठाकुरले भने, ‘हामी केही निकास दिन्छौँ’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशलाई राजनीति रुपमा निकास दिनका लागि पार्टीमा छलफल भइरहेको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको विज्ञप्तिपछि राजनीतिक अवस्था फेरिएको र अब त्यसलाई कसरी निकास दिने विषयमा आफ्नो पार्टीमा छलफल भइरहेको प्रतिकृया दिएका हुन् ।सिंहदरबारमा आफू पक्षीय सांसदको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका अध्यक्ष ठाकुरले पत्रकारलाई सानो प्रतिकृया दिँदै भने, ‘पार्टीमा छलफल भएपछि ठोस कुरा भन्न सकिन्छ, आजै उपेन्द्र यादवसँग पनि छलफल हुँदैछ ।&rsqu