माधव पक्षको रणनीति : सरकारमा नजाने, सांसद संख्या बढाउने

नेकपा एमालेका वरिष्ठ नेता (माधव नेपाल पक्ष) का सांसदको बैठकले आफ्नो पक्षमा सांसदहरुको संख्या कसरी बढाउन सकिन्छ भन्नेबारेमा छलफल गरेको छ । मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए । उनले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताए । ‘हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ,’ सांसद खतिवडा