पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको भेला मंगलवार नयाँ बानेश्वरमा शुरू भएको छ ।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसद सहभागी छन् ।
पार्टीमा सहमति गर्न गठित कार्यदलका सदस्यमध्ये उपमहासचिव घनश्याम भुसालबाहेक कोही पनि बैठकमा उपस्थित छैनन् ।
यसअघि नेपाल पक्षका सांसदको भेला सिंहदरबारमा पनि भएको थियो ।
नेपालको पक्षका विगतमा खुलेर लागेका सांसद झपट रावलले तत्कालै पार्टी विभाजनमा जान नहुने धारणा ...