वीरगञ्ज – अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको लागि अहिले दलहरु आफ्ना उम्मेदवार छनौटमा व्यस्त छन्। पाँच दलीय गठबन्धनभित्र रहेका दलहरु तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि उम्मेदवारहरु सिफारिसमा लागेका छन्। सोही क्रममा मधेस प्रदेशमा अहिले प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धन तथा एमाले दुबैसित गठबन्धन […]