अस्ट्रेलियामा अर्को महिना मे २१ मा केन्द्रीय संसदीय निर्वाचन हुने भएको छ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले आइतबार बिहान निर्वाचन मिति घोषणा गरेका हुन् । अस्ट्रेलियामा हरेक ३ वर्षमा केन्द्रीय निर्वाचन हुने गरेको छ । तल्लो सदनका १ सय ५१ सिटका लागि हुने निर्वाचनमा बहुमतको सरकार निर्माणका लागि ७६ सिट ल्याउनुपर्ने हुन्छ । त्यसैगरी माथिल्लो सदनमा सिनेटमा रहेको ७६ सिटमध्ये बहुमत ल्याउनका लागि ४० सिट ल्याउनुपर्ने हुन्छ ।