फ्रान्समा आज संसदीय निर्वाचन हुँदैछ। यो निर्वाचनमा वर्तमान राष्ट्रपति इम्यानुल माक्रोनले आफूले चाहे जसरी सरकार संचालनका लागि बहुमत ल्याउन कडा चुनौतीको सामना गर्नुपर्ने अनुमान गरिएको छ।
गत अप्रिलमा भएको निर्वाचनमा माक्रोन फ्रान्सको राष्ट्रपति पदमा पुन: निर्वाचित भएका थिए। मारिन ले पेनलाई पराजित गर्दै माक्रोन फेरि राष्ट्रपति बनेका थिए। अवकाशको उमेर बढाउने तथा…