काठमाडौं : टर्कीमा आज राष्ट्रपतिय तथा संसदीय निर्वाचन हुँदैछ। गत फेब्रुअरी ६ मा आएको शक्तिशाली भूकम्पको तीन महिनापछि हुन लागेको आम निर्वाचनलाई राष्ट्रपति रिसेप तायिप एर्दोगानको भविस्यसँग जोडेर हेरिएको छ। झण्डै ५० हजार मानिसको ज्यान लिएको भूकम्पपछि राहत, उद्धार र पुनर्निर्माणको काममा सरकारको भूमिकाप्रति नागरिकमा असन्तुष्टि बढेको छ। २० वर्षदेखि सत्तामा रहेका एर्दोगानको भविस्य यो निर्वाचनले निर्धारण गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका