सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी बुधबार बिहान तनाब ग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले १३ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ ।
सदरमुकाम सिन्धुलीमाढीमा निर्माण गरिएको बीपी कोईराला र पुष्पलाल श्रेष्ठको सालिक अनाबरणको बिषयमा सत्तारुढ गठबन्धन दलहरु र नेकपा एमालेबीच प्रमुख अतिथिको बिषयलाई लिएर बिबाद भई तनाब बढेपछि निषेधाज्ञा जारी गरेको उक्त कार्यालयले जनाएको छ ।