छठ पर्वका लागि पोखरीमा घाट निर्माणको विषयलाई लिएर भएको दुई समुदायबीचको विवादले उग्ररूप लिएपछि जनकपुरधामको वडा नम्बर २० स्थित देवपुरा रुपैठामा निषेधाज्ञा थप गरिएको छ । धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादले झडपसम्मको रुप लिएपछि निषेधाज्ञालाई बढाइएको हो ।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक विज्ञप्ति जारी गर्दै आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० मा लगाइएको निषेधाज्ञालाई मंगलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरेको जनाएका हुन् । देवपुरा रुपैठा स्थित तेलिया