जनकपुरधामको देवपुरा रुपैठामा दुई समुदाय बीच भएको झडप साम्य गर्ने उद्देश्यले सात बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा दुई पक्षबीच सात बुँदे सहमति भएको हो । छठ पर्वमा तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदाय बीच भएको विवादले उग्ररुप लिँदा झडप भएको थियो । झडप अनियन्त्रित भएपछि स्थानीय प्रशासनले जनकपुरधामको रुपैठामा निषेधाज्ञा लगाएको छ ।स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग व्यापक छलफलपछि सोमबार सात बुँदे सहमति भएको हो । सहमति भएसँगै रुपैठाको अवस्था अहिले साम्य भएको छ । धन