काठमाण्डाै - देशका धेरै ठाउँ तीन दिनपछि घाम लागेको छ । गएको शुक्रवार रातिदेखि देशभर वर्षा भएको थियो ।
आजदेखि भने लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पार्ने प्रणाली कमजोर भएको छ । तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैन । तर, मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना भने रहन्छ ।
मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक हुँदा र भारतको बिहारको उत्तरपश्चिम तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको उच्च प्रभाव पर्दा गएको शुक्रवारदे...