भारतसँग सीमा जोडिएकाले कोरोना संक्रमणको जोखिम अन्यत्रभन्दा बढ्ता रहेको र संक्रमण दर पनि दैनिक ५० प्रतिशभन्दा माथि रहेको सुदूरपश्चिममा खोप अभियान सुस्त छ । कतिपय स्थानीय बासिन्दाले कोरोनाविरुद्धको खोप उपलब्ध हुने भए पनि खोप लगाउन बेवास्ता गरेका छन् । त्यस्तै, हाल बुस्टर डोजका लागि मात्रा अपुग हुने देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।