काठमाडौं : सरकारले चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने भने पनि पछिल्लो समय खोप कार्यक्रम सुस्त बनेको थियो। ओमोक्रन र कोभिड-१९ को तेस्रो लहरको त्राससँगै सार्वजनिक सेवादेखि होटल फिल्मसम्म खोप कार्ड अनिवार्य लागू गर्ने सरकारी निर्णयसँगै सर्वसाधारण खोप केन्द्रमा ओइरिन थालेका छन्।
काठमाडौंको टेकुमा बिहीवार बिहान यस्तै देखियो। बिहानैबाट मानिसहरु…