एजेन्सी। जापान सरकारले सोमबार टोकियो र ओसाकामा ठूलो संख्यामा खोप केन्द्रहरु खोलेको छ। त्यहाँ भ्याक्सिन लगाउने काम सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक अभियान थालेको हो। टोकियो ओलम्पिक आउन दुई महिना बाँकी रहँदा जापानी सेनाका चिकित्सक र नर्सहरुलाई तीन महिनासम्म खोप केन्द्र सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। सरकारले जुलाईको अन्त्यसम्ममा तीन करोड ६० लाखलाई खोप दिने बताएको छ ।