कोरोनाविरुद्धको खोप लगाउनेको संख्या फेरि बढ्न थाल्यो

केही दिन यता कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनेको संख्यामा वृद्धि देखिएको छ । कोरोना संक्रमणको तेस्रो लहरमा खोप लगाउनेको संख्या उल्लेख्य रहे पनि केहीअघि खोप अभियान सुस्त देखिएको थियो ।भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेसँगै नेपालमा कोरोनाभाइरस विरुद्धको खोप लगाउने दर बढेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार अघिल्लो २४ घण्टामा दुई लाख ९० हजार ५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।वैशाख १५ गते अर्थात् बिहीबार १ लाख २५ हजार ४३ जनाले ख

सम्बन्धित सामग्री

पुरानै स्थितिमा फर्किदैछ तनहुँको पर्यटन

कात्तिक ७, दमौली । कोरोनाका कारण सुस्ताएको तनहुँको पर्यटन पुनः पुरानै स्थितिमा आउन थालेको छ । लामो समयसम्म कोरोना संक्रमणका कारण सुस्ताएको जिल्लाको पर्यटनले विस्तारै गति लिन थालेको हो ।  कोरोना संक्रमण न्यूनीकरण भएर जनजीवन सामान्य बन्न थालकाले जिल्लाका पर्यटकीय स्थानमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसबाट व्यवसायीहरू पनि आशावादी हुुन थालेका छन् । अहिलेको याममा बिहानको सूर्योदयसँगै कुहिराले ढाकिएको दृश्य हेर्न आन्तरिक पर्यटक व्यास नगरपालिका–५ मानुङकोट उक्लिन थालेका देखिन्छन् । पछिल्लो केही दिनयता दैनिक सयौँको संख्यामा पर्यटक मानुङकोट पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।  ‘बिहानको सूर्योदय र कुहिराले ढाकिएको दमौलीको दृश्य अवलोकनका  साथै दिउँसोका समयमा हिमशृंखला हेर्न पनि पर्यटकको आगमन बढेको छ’, उनले भने, ‘राति बास बस्नेको संख्या पनि उत्तिकै छ ।’ गत वर्षदेखि मानुङकोटमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको हो । गत वर्षको कात्तिकमा एकैदिन १० हजारभन्दा बढी पर्यटक यहाँ आइपुगेका थिए । दमौली बजारले कुहिराको घुम्टो ओढेर सूर्य उदाउँदाको दृश्य हेर्न लालायीत आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । ‘अहिले दशैंपछि मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ’, स्थानीय व्यवसायी रेवती आलेले भने, ‘पर्यटक बढेसँगै यहाँको व्यवसाय पनि बढेको छ ।’ मानुङकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि गत वर्षदेखि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् ।  यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमाल अवलोकन गर्न सकिन्छ । साथै दमौली बजारलगायत आसपासका क्षेत्र पनि छर्लङ्ग देखिन्छ । मानुङकोट जाने बाटो कालोपत्रसमेत हुन थालेकोे छ । केही ठाउँमा कालोपत्र भइसकेको छ भने केही ठाउँमा गर्न बाँकी छ ।  जिल्लाको अर्को पर्यटकीय नगरी बन्दीपुरमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ । दशैं बिदापछि आन्तरिक पर्यटकको चहलपहल बढेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । कोरोनाका कारण दुई वर्षदेखि पर्यटक ठप्प भएको बन्दीपुरमा अहिले आन्तरिक पर्यटक वृद्धि भएको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए ।  सुस्ताएको यहाँका होटल व्यवसायीमा अहिले आशा पलाएको उनले बताए । ‘दुई वर्ष यहाँको व्यवसाय ठप्प रह्यो, अहिले पर्यटकको चहलपहलले आशा जगाएको छ’, सचिव पौडेलले भने, ‘यो क्रम निरन्तर रहे व्यवसायीलाई राहत हुन्छ ।’ होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले स्वदेशी पाहुनाको आगमन बढेसँगै व्यवसायीमा आशा जगाएको बताए । अधिकांशले कोरोनाविरुद्धको खोप लगाएका कारण पनि घुम्न निस्किएका हुनसक्ने उनको भनाइ थियो  बन्दीपुरका होटल व्यवसायीले छूट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार पर्यटकलाई आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी छ । यहाँ होटल संघसँग आबद्ध साना ठूला गरी ७७ ओटा होटल सञ्चालनमा छन् ।  बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालित छन् ।  यसैगरी म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि निर्माण गरिएको घरमा पनि पर्यटकको चहलपहल बढेको छ । यहाँ दैनिक १०० भन्दाबढी आन्तरिक पर्यटक आउने गरेको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिए । रासस

आधाभन्दा बढी युरोपियनले कोरोना खोप लगाए, ‘डेल्टा भेरिएन्ट’ले बढायो त्रास

अलजजिरा।युरोपमा आधाभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइसकिएको छ तर पछिल्लो समय त्यहाँ फैलिरहेको‘डेल्टा भेरियन्ट’ले पुनः त्रास बढाएको छ।सबैभन्दा द्रुत गतिमा फैलिने ‘डेल्टा भेरियन्ट’ले खोप लगाएकाहरुमा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट नहुँदा त्रास बढेको युरोपेली युनियन (इयु)ले जनाएको छ।“संक्रमितको संख्या फेरि बढ्न थालेको छ। यो राम्रो संकेत होइन र यो सबै डेल्टा भेरियन्टका कारण भइरहेको छ,”जर्मन चान्सलर एन्जेला मर्केलले भनिन्।