काठमाण्डाै - सरकारले यही महिनाभित्र ६६ प्रतिशत लक्षित नागरिकलाई खोप दिने भनेर लिएको लक्ष्य पूरा नहुने देखिएको छ ।
‘खोप अभियान’ सुस्त हुँदा लक्ष्य पूरा नहुने देखिएको हो । अहिलेसम्म ५५ प्रतिशत लक्षित नागरिकले मात्र पूर्ण खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार दैनिक एक लाखदेखि तीन लाखसम्मले खोप लगाइरहेका छन् ।
१८ वर्षमाथिका लक्षित जनसङ्ख्यामा सबैभन्दा बढी गण्डकी प्रदेशमा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डक...