काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थानमा हजारौंको संख्यामा कुखुरा नष्ट गरिएको छ ।
सो क्षेत्र त्यस वरपर करिब १२ हजार कुखुरासँगै हाँस टर्की, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताउनुभयो ।
तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पशु सेवा विभागले जनाएको थियो । अहिले फेरि त्यही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।
साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले बताउनुभयो ।
यसैबीच बर्डफ्लु फैलिन नपाओस् भनेर विभागले सम्बन्धित सबैका लागि चारबुँदे अपिल पनि जारी गरेको छ ।
यस्तो छ, अपिल