चितवनमा बर्डफ्लु पुष्टि भएपछि कुखुरा नष्ट गरियो

भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका  सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले  सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो । केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमूना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको छ । फर्मलाई शिल गरेर नजिकै रहेको एउटा मास

सम्बन्धित सामग्री

हेटौंडाको पोल्ट्री फर्ममा बर्डफ्लु, ३ हजार ४५३ वटा कुखुरा नष्ट

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा कुखुरा नष्ट गरिएको छ । बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा, मकवानपुर कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रतिनिधि लगायतको उपस्थितिमा कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।सो फार्ममा पालिएको ३ हजार ४५३ वटा कुखुरा, ५ हजार ७८० वट

मकवानपुरमा पनि देखियो बर्डफ्लु, सात सय कुखुरा नष्ट

काठमाडौँ । मकवानपुरमा पनि बर्डफ्लुको सङ्क्रमण देखिएको छ। जिल्लाको भीमफेदी गाउँपालिका वडा २ को आँपचौरमा टर्की कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रमा पालिएको कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गरिएको थियो । ल्याब परीक्षण गर्दा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि भएको प्रमुख यादवले बताए। उनका […]

मकवानपुरमा बर्डफ्लु देखियो‚ २०० कुखुरा नष्ट

हेटौंडा : मकवानपुरमा पालिएका कुखुरामा बर्डफ्लु रोगको संक्रमण देखिएको छ। संक्रमण देखिएपछि २०० वटा कुखुरा नष्ट गरिएको छ।सोमबार भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएको थियो। बर्डफ्लु पुष्टि भएको थिङ र आसपासमा रहेका अन्य खोरको करिब २०० वटा कुखुरा नष्ट गरिएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए। उनले सोमबार २०० वटा कुखुरा, ४५ किलो कुखुराको दाना र केही मात्रा अण्डा

मकवानपुरमा पनि देखियो बर्डफ्लु, सात सय कुखुरा नष्ट

हेटौंडा : मकवानपुरमा पनि बर्डफ्लु रोगको संक्रमण देखिएको छ। जिल्लाको भीमफेदी गाउँपालिका वडा २ को आँपचौरमा टर्की कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रमा पालिएको कुखुरा मर्न थालेपछि ल्याब परीक्षणको लागि काठमाडौं पठाइएको थियो। ल्याब परीक्षण गर्दा बर्डफ्लु संक्रमण…

पाेखरामा बर्डफ्लु संक्रमणः ४ सय कुखुरा नष्ट

संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ।...

बर्डफ्लु संक्रमित क्षेत्रबाट ४ सय कुखुरा नष्ट गरियो

पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । बुधबार मात्रै ४ किल्ला भित्रका पंछी र पंछीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो । संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ । वडा नम्बर १५ र १७ मा ३९ घरधुरीका ३ सय ८१ वटा स्थानीय कुखुरा मारिएको छ । यस्तै, १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५ सय ९ वटा अण्डा, २२ केजी कुखुराको मासु, ३ सय २२ किलो दाना र ३ हजार ८ सय ५० किलो सुली नष्ट गरिएको छ । कक्षका

चितवनमा बर्डफ्लुका कारण ५ हजार कुखुरा नष्ट

काठमाडौं । चितवनमा बर्डफ्लुको संक्रमण बढ्दै जान थालेपछि ५ हजार कुखुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि सबै कुखुरा नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले बताउनुभयो । उहाँका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, […]

बर्डफ्लु देखिएपछि मोरङमा पाँच हजार हाँसकुखुरा नष्ट

मोरङका कुखुरा फर्महरुमा बर्डफ्लुु रोग देखापरेपछि प्रशासनले पाँच हजार हाँस र कुखुरा नष्ट गरेको छ । १३ माघमा अचानक मोरङ ग्रामथान गाउँपलिकाको काव्य कृषि फार्ममा बर्डफ्लु देखा परेपछि हालसम्म विभिन्न तीन...

मोरङमा भेटियो बर्डफ्लु, चार फर्मका कुखुरा नष्ट गरिदै

मोरङ, माघ १८। मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पोजेटिभ देखिएको हो । बर्डफ्लु पुष्टि भएका फर्महरूलाई सिल गर्ने कार्यसमेत अघि बढाईएको छ । बर्डफ्लु देखिएका कारण कुखुरा नष्ट गर्ने कार्य भइरहेको छ । कटहरी गाउँपालिका–७ स्थित पद्मश्री बहुद्देश्यीय कृषि […]

काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु, हजारौं कुखुरा नष्ट गरिँदै

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थानमा हजारौंको संख्यामा कुखुरा नष्ट गरिएको छ । सो क्षेत्र त्यस वरपर करिब १२ हजार कुखुरासँगै हाँस टर्की, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताउनुभयो । तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पशु सेवा विभागले जनाएको थियो । अहिले फेरि त्यही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले बताउनुभयो । यसैबीच बर्डफ्लु फैलिन नपाओस् भनेर विभागले सम्बन्धित सबैका लागि चारबुँदे अपिल पनि जारी गरेको छ । यस्तो छ, अपिल