हेटौंडा : मकवानपुरमा पालिएका कुखुरामा बर्डफ्लु रोगको संक्रमण देखिएको छ। संक्रमण देखिएपछि २०० वटा कुखुरा नष्ट गरिएको छ।सोमबार भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएको थियो। बर्डफ्लु पुष्टि भएको थिङ र आसपासमा रहेका अन्य खोरको करिब २०० वटा कुखुरा नष्ट गरिएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए। उनले सोमबार २०० वटा कुखुरा, ४५ किलो कुखुराको दाना र केही मात्रा अण्डा