बर्डफ्लु देखिएपछि मोरङमा पाँच हजार हाँसकुखुरा नष्ट
मोरङका कुखुरा फर्महरुमा बर्डफ्लुु रोग देखापरेपछि प्रशासनले पाँच हजार हाँस र कुखुरा नष्ट गरेको छ । १३ माघमा अचानक मोरङ ग्रामथान गाउँपलिकाको काव्य कृषि फार्ममा बर्डफ्लु देखा परेपछि हालसम्म विभिन्न तीन...
चितवन । कुखुरापालनको राजधानीका रूपमा चिनिएको चितवनमा पछिल्लो ४ महीनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लुको संक्रमण देखापरेको छ । गत माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु पछिल्लो समय जिल्लाभरि नै फैलिएको हो ।
अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा. प्रभास न्यौपानेले जानकारी दिए । उनका अनुसार गत माघ २८ यता विभिन्न स्थानमा ब्रोइलर जातका ६४६, कडकनाथ जातका ८९६ कुखुरा र ३५ ओटा हाँस नष्ट गरिएको छ ।
बर्डफ्लुका कारण जिल्लामा १ लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट हजार टर्की ब्रिडिङ अण्डा, ३ हजार ४७६ ओटा प्यारेन्ट ब्रोइलर कुखुरा नष्ट गरिएको केन्द्रको तथ्यांक छ । त्यस्तै १ हजार ३८० ओटा गिरिराज जातका कुखुराका अण्डा र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले बताए ।
केन्द्रका अनुसार पूर्वी क्षेत्रमा बर्डफ्लुको असर बढी देखिएको छ । पछिल्लो पटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो ।
पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको उनले बताए । सो फार्ममा १ लाख २० हजार लेयर्स जातका कुखुरा थिए । बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा विक्री गर्दा रोग तीव्र रूपमा फैलिएको अनुमान गरिएको छ । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरण पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा विक्री गर्दा रोग फैलिएको बताए । रासस
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा कुखुरा नष्ट गरिएको छ । बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा, मकवानपुर कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रतिनिधि लगायतको उपस्थितिमा कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।सो फार्ममा पालिएको ३ हजार ४५३ वटा कुखुरा, ५ हजार ७८० वट
पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । बुधबार मात्रै ४ किल्ला भित्रका पंछी र पंछीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो । संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ । वडा नम्बर १५ र १७ मा ३९ घरधुरीका ३ सय ८१ वटा स्थानीय कुखुरा मारिएको छ । यस्तै, १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५ सय ९ वटा अण्डा, २२ केजी कुखुराको मासु, ३ सय २२ किलो दाना र ३ हजार ८ सय ५० किलो सुली नष्ट गरिएको छ । कक्षका
काठमाडौं । चितवनमा बर्डफ्लुको संक्रमण बढ्दै जान थालेपछि ५ हजार कुखुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि सबै कुखुरा नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले बताउनुभयो । उहाँका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, […]
भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो । केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमूना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको छ । फर्मलाई शिल गरेर नजिकै रहेको एउटा मास
काठमाडौं : जिल्लाको तारकेश्वर नगरपालिका-७ फुटुङस्थित एक कुखुरा फर्ममा वर्डफ्लु भेटिएको छ। प्रहरी वृत्त बालाजुका अनुसार वर्डफ्लु भेटिएपछि करिब पाँच हजार कुखरा नष्ट गरिएको छ। घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ।यसअघि, सरकारले चितवनको राप्ती–६ स्थित अनिता पशुपक्षी कृषि फार्म र काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा-३ गोविन्द मगरले पंक्षी पालेको स्थानलाई वर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको थियो।बर्डफ्लु पक्षीबाट मानिस
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थानमा हजारौंको संख्यामा कुखुरा नष्ट गरिएको छ ।
सो क्षेत्र त्यस वरपर करिब १२ हजार कुखुरासँगै हाँस टर्की, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताउनुभयो ।
तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पशु सेवा विभागले जनाएको थियो । अहिले फेरि त्यही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।
साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले बताउनुभयो ।
यसैबीच बर्डफ्लु फैलिन नपाओस् भनेर विभागले सम्बन्धित सबैका लागि चारबुँदे अपिल पनि जारी गरेको छ ।
यस्तो छ, अपिल
काठामडौं । काठमाडौंको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ ।
तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताउनुभयो ।
केही दिनअघि स्थानीय किसानले पालेको हाँस र कुखुराको नमूना त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो ।
परीक्षणपछि हिजो बेलुका बर्डफ्लु भएको पुष्टि भएको हो । बर्डफ्लु पुष्टि भएसँगै र्यापिट रेस्पोन्स टिम’ ले एक हजार ४०० हाँस र ६५ कुखुरा नष्ट गरिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइसकेको प्रमुख रायले जानकारी दिनुभयो ।
केही दिनअघि तारकेश्वर– ७ स्थित साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।
काठमाडौँ, ३ चैत । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको...
मकवानपुरको हेटौंडा–७ स्थित कमाने क्षेत्रका कुखुरामा बर्डफ्लु रोग लागेको भेटिएपछि कुखुरा नष्ट गर्न सुरु गरिएको छ । शनिबार दिउँसोबाट कुखुरा नष्ट गर्न सुरु गरिएको हो । बर्डफ्लु संक्रमित क्षेत्रका करिब ४१ हजार कुखुरा नष्ट गरिसक्न ३ दिन लाग्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा स्थानीय किसानहरूसँग दुईदिनको छलफलपछि क्षतिपूर्ति निर्धारणको विषयमा सहमति जुटेपछि कुखुरा नष्ट गर्न थालिएको हो ।