बर्डफ्लुु पुष्टि भएपछि चितवनमा पाँच हजार कुखुरा नष्ट
भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो।
चितवनमा यतिबेला बर्डफ्लुका कारण कुखुरापालन व्यवसायमा सन्त्रास छाएको छ ।गत माघमा पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु यतिबेला जिल्लाभर फैलिएको छ । केही समययता फैलिएको बर्डफ्लुका कारण हजारौँ कुखुरा नष्ट गरिएको छ भने सयौँ खोर खाली भएका छन् ।
चितवन । कुखुरापालनको राजधानीका रूपमा चिनिएको चितवनमा पछिल्लो ४ महीनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लुको संक्रमण देखापरेको छ । गत माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु पछिल्लो समय जिल्लाभरि नै फैलिएको हो ।
अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा. प्रभास न्यौपानेले जानकारी दिए । उनका अनुसार गत माघ २८ यता विभिन्न स्थानमा ब्रोइलर जातका ६४६, कडकनाथ जातका ८९६ कुखुरा र ३५ ओटा हाँस नष्ट गरिएको छ ।
बर्डफ्लुका कारण जिल्लामा १ लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट हजार टर्की ब्रिडिङ अण्डा, ३ हजार ४७६ ओटा प्यारेन्ट ब्रोइलर कुखुरा नष्ट गरिएको केन्द्रको तथ्यांक छ । त्यस्तै १ हजार ३८० ओटा गिरिराज जातका कुखुराका अण्डा र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले बताए ।
केन्द्रका अनुसार पूर्वी क्षेत्रमा बर्डफ्लुको असर बढी देखिएको छ । पछिल्लो पटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो ।
पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको उनले बताए । सो फार्ममा १ लाख २० हजार लेयर्स जातका कुखुरा थिए । बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा विक्री गर्दा रोग तीव्र रूपमा फैलिएको अनुमान गरिएको छ । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरण पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा विक्री गर्दा रोग फैलिएको बताए । रासस
वैशाख २०, चितवन । कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महीनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ ।
माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो ।
अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए ।
उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ ओटा हाँस नष्ट गरिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ अण्डा, ६२ हजार ९२० किलोग्राम दाना, ५८ हजार २२० थान क्रेट, ६ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ ओटा, एक हजार ३८० ओटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ । पछिल्लोपटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो ।
पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको उनले बताए । सो फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा थिए ।
बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा विक्री गर्दा रोग तिब्ररुपमा फैलिएको अनुमान गरिएको छ । सरकारी तवरबाट दिइने राहतको प्रकृयामा पर्खदा कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति कृषक विश्वस्त हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाई हुन नसकेका कारण रोग फैलिएको हो ।
वाग्मती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिब डा. शरण पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा विक्रीगर्दा रोग फैलिएको बताए । जैविक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
यो प्रदेशमा सबैभन्दा बढी चितवन र त्यसपछि काठमाडौंमा रोग फैलिएको छ । सचिव डा. पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत तिव्र परीक्षण गर्ने काम गरिरहेको र परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उनले बताए ।
नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोख्रेलले नेपालमा भ्याक्सिनका लागि अनुमति नदिदाँ ठूलो नोक्सानी बेहोर्नु परेको बताए । छिमेकी मुलुकहरुमा भ्याक्सिन लगाइरहे पनि नेपालमा भ्याक्सिन दिन रोक्दा रोग नियन्त्रणमा लिन नसकिएको उनको भनाइ थियो ।
पूर्बी क्षेत्रमा रोगको प्रकोप निकै वढी भएको भन्दै उपाध्यक्ष पोख्रेलले थलिएको पोल्ट्री व्यवसायमा रोगका कारण थप असर पुगेको बताए । नेपालमा पोल्ट्री व्यवसायमा रू. एक खर्ब ५० अर्बभन्दा बढी लगानी भएको अनुमान छ ।
नेपालको पोल्ट्री व्यवसायको झण्डै आधा हिस्सा चितवनमा रहेको छ । धेरै कुखुरा भएकै ठाउँमा बर्डफ्लुको प्रकोप देखिएकाले नोक्सान बढी भएको हो । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भेटेनरीमा तथ्यांक नआएका धेरेको कुखुरा रोगका कारण मरेका बताए ।
रोगकै कारण करोडौंको क्षति कृषकले बेहोरेकाले पुनः कुखुरा पाल्नसमेत नसक्ने अवस्थामा कृषक पुगेको उनको भनाइ थियो । हालसम्मकै संकटग्रस्त अवस्थामा पोल्ट्री व्यवसाय पुगेको अध्यक्ष लामिछानेले जानकारी दिए । रासस
पोल्ट्रीको राजधानी मानिने चितवनमा पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ बढ्दो क्रममा भेटिएको छ। एकै पटक आधा दर्जन खोरहरुमा बर्ड फ्लु देखिएपछि ती कुखुरा नष्ट गर्ने कामलाई तिब्र पारिएको छ।
यो...
पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ चितवनको विभिन्न ठाउँका व्यावसायिक कुखुरा फार्महरूमा देखा परेको छ । जिल्लास्थित बर्ड फ्लु नियन्त्रण समितिको शुक्रबारको बैठकले रोग पुष्टि भएका ३ ठाउँका फार्मका कुखुरा नष्ट गर्ने निर्णय गरेको छ ।
काठमाडौं । चितवनमा बर्डफ्लुको संक्रमण बढ्दै जान थालेपछि ५ हजार कुखुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिले सञ्चालन गरेको फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएपछि सबै कुखुरा नष्ट गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेले बताउनुभयो । उहाँका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, […]
चितवन । भरतपुर महानगरपालिका–८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सो फर्मको कुखुरामा बर्डफ्लु पुष्टि भएपछि नष्ट गरेको हो ।
केही दिनअघिदेखि कुखुरा मर्न थालेपछि नमुना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा. प्रभात न्यौपानेका अनुसार...
भरतपुर महानगरपालिका– ८ स्थित महतो पोल्ट्री इन्डस्ट्रिज प्रालिद्वारा सञ्चालित फर्ममा पालिएका सबै कुखुरा नष्ट गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रले सो फर्मको कुखुरामा बर्ड–फ्लुु पुष्टि भएपछि नष्ट गरेको हो । केही दिन अघिदेखि कुखुरा मर्न थालेपछि नमूना परीक्षण गरिएको थियो । केन्द्रका निमित्त प्रमुख डा प्रभात न्यौपानेका अनुसार फर्ममा रहेका पाँच हजार ३०५ लेयर्स कुखुरा, १८ हाँस, १०० किलो दाना र १७६ अण्डा नष्ट गरिएको छ । फर्मलाई शिल गरेर नजिकै रहेको एउटा मास
काठमाडौं : चितवनमा वर्डफ्लू देखिएको छ। राप्ती नगरपालिका–६ भण्डारामा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।कुखुरा मर्न थालेपछि गत २५ नमुना संकलन गरी काठमाडौं ल्याइएको थियो। २७ गते आएको रिपोर्टमा बर्ड फ्लू पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। त्यसपछि सो फर्ममा रहेका २ हजार कुखुरा नष्ट गरिएको जानकारी दिए। उक्त फर्मको १०० मिटर वरपर रहेका पक्षी नष्ट गर्न निर्देशन दिइसकेको पनि तामाङले बताए। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर च