नेकपा एमालेले थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । गएकाे साेमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधि सभाका सदस्यमध्ये १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमालेको केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । मौखिक रूपमा सम्झाउने प्रयास असफल भएपछि लिखित रूपमै स्पष्टीकरण सोधिएको तामाङको भनाइ छ ।नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, ...