वैशाखमा वैदेशिक रोजगारीमा जान श्रम स्विकृति लिनेको संख्या घट्यो

जेठ ९, काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या वैशाख महीनामा घटेको छ । चैत महीनाको तुलनामा यो महीनामा विश्वको विभिन्न देशमा रोजगारीको सिलसिलामा जाने नेपालीको संख्या १८ प्रतिशतले घटेको हो ।  चैत महीनामा वैदेशिक रोजगारीका लागि बाहिरिनेको संख्या ५५ हजार ५२३ रहेपनि वैशाख महीनामा विदेश जाने कामदारको संख्या ४५ हजार ४ जनामा सीमित रहेको वैदेशिक  रोजगार विभागले बताएको छ । यो संख्या महिला र पुरुष दुवैको घटेको तथ्याकंमा देखिन्छ । गत वर्षको वैशाखमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या २४ हजार ३६३ मात्रै रहेको थियो । गत वर्षको वैशाखमा कोभिड महामारीको तेस्रो लहरका कारण गरिएको बन्दाबन्दीले धेरै नेपालीहरू वैदेशिक रोजगारीमा जान पाएका थिएनन् ।  चालू आर्थिक वर्षको वैशाखमा खाडी मुलुक कतार र साउदी अरेबिया रोज्ने बराबर देखिएका छन् । वैशाखमा कतारका लागि अन्तिम श्रम स्वीकृति लिएका श्रमिकको संख्या ११ हजार ४१७ छन् भने साउदी अरेबिया १० हजार २५८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यसअघि चैतमा १५ हजार २०१ जना साउदी अरेबिया र १४ हजार ८६९ जना कतार गएका थिए । त्यस्तै चैतमा यूएई जानेको संख्या ११ हजार ८६५ भएपनि वैशाखमा घटेर ९ हजार २२१ मा झरेको छ । त्यस्तै, मलेशियाको रोजगारीमा समस्या आउँदा चैत महीनामा घटेको श्रम स्विकृतिको संख्या वैशाखमा भने बढेको छ । चैतमा मलेशिया जाने श्रमिक १ हजार ७९३ थिए भने वैशाखमा बढेर ४ हजार २ पुगेका छन् ।   

सम्बन्धित सामग्री

एकैपटक ७१ देशमा वैदेशिक रोजगारी खुला गरिँदै

सरकारले दौंत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको छ।...

दशरथचन्द नपाले थाल्यो श्रम स्वीकृति दिन

बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ। वैदेशिक रोजगारी जान चाहने व्यक्तिलाई नगरपालिकाले स्वीकृति दिन सुरु गरेको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले जानकारी दिए। यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाटै प्रदान गर्न सकिने भएपछि नगरपालिकाले पनि श्रम स्वीकृति दिन थालेको जनाएको छ।सरकारले गत चैत १६ गते वैशाख १ गतेदेखि लागू हुने गरेर स्थानीय तहको रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो।सोही निर्णयका आधारमा

प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृतिसँगै लिन सकिन्छ यी सेवा

काठमाण्डौ – सातै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृति सेवासँगै वैदेशिक रोजगारी सम्बन्धी अन्य काम पनि गर्न थालेका छन् ।  नयाँ, संस्थागत र पुनः श्रम स्वीकृतिसँगै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूले कामको माग निर्धारण, अनुगमन, मूल्याङ्कन लगायतको काम पनि गर्न सुरुवात गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।  यसअघि प्रदेशमा रहेका श्रम कार्यालयहरूबाट श्रम स्वीकृति सम्बन्धी सेवा मात्रै प्रदान हुँदै आएको थियो ।  तर पछिल्लो समय भने वैदेशिक रोजगारीमा श्रमिक पठाउन निश्चित सङ्ख्यामा...

सरकारले वैदेशिक रोजगारी रोक्ने योजना ल्याउनुपर्छ : श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारी रोक्न रोजगारमैत्री योजना ल्याउनुपर्ने बताएका छन् ।

वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्कियो : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताए छन् ।आइतबार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन् । वैदेशिक […]

राष्ट्रिय सभामा श्रममन्त्रीको सम्वोधन-श्रम बजार पुरानै लयमा (पूर्ण पाठसहित)

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताएका छन् । आइतवार राष्ट्रिय सभामा बिनियोजन विधेयक २०७९ को श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटबारे सांसदहरुले गरेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारी पुरानै लयमा फर्किसकेको उल्लेख गरेका हुन्। वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या पछिल्लो चार बर्ष निरन्तर घटेकोमा यो बर्ष २०७४ सालअघिको अवस्थामा पुगिसके

श्रम क्षेत्रमा आगामी आवको बजेट : रकम घट्यो तर थपिए लोकप्रिय कार्यक्रम

काठमाडौं : सरकारले आगामी वर्ष ०७९/८० का लागि श्रम, रोजगार तथा वैदेशिक रोजगारी क्षेत्रको बजेट कटौती गरेको छ। चालू आवको तुलनामा ५ अर्बको बजेट घटाएको हो। सरकारले आगामी आवमा श्रम क्षेत्रमा बजेटको आकार घटाए पनि लोकप्रियता कमाउने खालका कार्यक्रम अगाडि सारेको छ। सरकारले श्रम, रोजगार र वैदेशिक रोजगारी क्षेत्रका लागि आगामी आव ०७९/८० को बजेटमा ९ अर्ब १३ करोड रूपैयाँ विनियोजन गरेको छ। चालू आवमा १४ अर्ब २१ करोड बजेट विनियोजन गरिएको थियो। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी

वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा

काठमाडौं, बैशाख ७ । चालु आर्थिक वर्षको ९ महिनामा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको सङ्ख्या ४ लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा तेब्बर बढी हो । गत वर्षको ९ महिनामा १ लाख ४७ हजार युवाले श्रम स्वीकृति लिएका थिए। कोभिड खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकताका कारण […]

वैदेशिक रोजगारी : दैनिक एक हजार श्रमिक विदेसिँदै

कोरोना महामारीका कारण शून्यमा झरेको वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ । दसैँपछि वैदेशिक रोजगारीमा जानेको संख्या निकै बढेको छ । वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कमल ज्ञवालीले वैदेशिक रोजगारीमा जानेको संख्या दिनदिनै बढिरहेको बताए । उनका अनुसार विदेशबाट नेपाली कामदारको माग बढ्न थालेपछि श्रम स्वीकृति लिने र वैदेशिक रोजगारीका लागि उड्नेको संख्या बढ्न थालेको हो ।विभागले मातहतका ७ वटा कार्यालयमार्फत वैदेशिक रोजगार निम्ति श्रम स्वीकृति दिँदै आएको छ । जसमध्ये ६ वटा कार्यालयले पुनः श्रम स्वी