गाडी भाडा नबढाएको भन्दै यातायात व्यवसायीले गरे बैठक बहिष्कार

सार्वजनिक सवारी साधनको भाडा बढाउने समतिलाई कार्यान्वयन नगरेको भन्दै यातायात व्यवसायीले बैठक वहिष्कार गरेर विरोध जनाएका छन्। यातायात व्यवस्था विभागसँग मंगलबारका लागि तय भएको बैठकमा राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विरोध स्वरुप उपस्थिति मात्रै जनाएर निस्किए। सार्वजनिक यातायातमा बाल मजदुरको समस्या र सवारी साधनमा गीत बजाएबापत रोयल्टी बुझाउनुपर्ने विषयमा छलफल गर्न बैठक तय…

सम्बन्धित सामग्री

यातायात व्यवसायीलाई प्रश्न– दसैंमा गाडी भाडा बढ्छ कि बढ्दैन ?

काठमाडौं, १९ असोज । नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दसैंको अग्रीम टिकट खुलाउनुअघि सडक मर्मतसम्भारको ग्यारेन्टी हुनुपर्ने औंल्याएका छन् ।‘देशभरि सडकहरु खराब छन् । मुग्लिनबाट पोखरासम्मको ८० किमि बाटो, नारायणगढबाट बुटवलसम्मको ११४ किमि बाटो, कोसी ब्यारेज, ढल्केवर आसपास बीपी राजमार्गको भकुन्डेबेसीदेखिका बाटो ग्रामीण सडकभन्दा पनि कच्ची छन् । सिटमा बसेका […]

पेट्रोल पम्पमा तेल छैन बजारमा छ्याप छ्याप्ती

पेट्रोल पम्प बाहिर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका व्यापारीहरुले महंगोमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडा समेत मनोमानी हिसाबले लिने गरेका छन्। पेट्रोल पम्पमा कहिले पनि पेट्रोल नपाउँदा बाहिरबाट किनेर हाल्नुपर्ने बाध्यता रहेको यातायात व्य...

पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता नलिए गाडी भाडा बढाउँछौं : व्यवसायी

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अहिले बढेको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता नलिए गाडी भाडा आफैं बढाउने चेतावनी दिएको छ।महासंघका महासचिव सरोज सिटौलाले बढेको मूल्य सरकारले फागुन २५ गतेसम्म फिर्ता नलिए आफैं गाडी भाडा बढाउने बताए। पटक-पटक पेट्रोलियम पदार्थको मूल्य बढे पनि गाडी भाडा नबढ्दा यातायात व्यवसायीले धान्न नसक्ने अवस्था आएको उनको भनाइ छ।‘गाडी भाडा बढ्दैन, पेट्रोलको भाउ भने बढेको बढ्यै गर्छ,’ महासचिव सिटौलाले भने‚ ‘हामी अब धान्न सक

आफैँले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

काठमाडौँ । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैँ सार्वजनिक सवारीको भाडा दर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल – पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् । सरकारले बेवास्ता गरेर आफैँले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी […]

आफैंले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

२० फागुन, काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल-पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् । सरकारले बेवास्ता गरेर आफैंले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय […]

छोटो दूरीमा पनि गाडी भाडा बढ्ने

भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायी प्रदर्शनमा उत्रिएपछि बागमती प्रदेश सरकार भाडा बढाउन सहमत भएको छ ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार नै सूचना जारी गर्दै भाडा समायोजनका लागि गठन भएको समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको जनाएको छ । “स्थानीय रुटमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर प्रदेश सरकारले नै तोक्ने हो । तर कानुनी र […]

दसैंमा गाउँ जाँदा कति लाग्छ गाडी भाडा ?

काठमाडौं । सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडादर समायोजन गरिसकेकाले यातायात व्यवसायीले त्यसै अनुरुपको गाडी भाडा लिने भएका छन् । अन्तरप्रदेश २८ प्रतिशतले बढाएको भाडा अनुसार नै तिरेर गाउँ जानुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । उक्त भाडादर प्रदेश नं १ मा मात्रै लागु भएको छ । दशै अघि सरकारले...

गाडी भाडा बढाउन नदिए यातायात ठप्प पार्ने व्यावसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाड बढाउन नदिए गाडी नचलाउने चेतावनी दिएको छ । महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्नको माग गर्दै बिहीबार ज्ञापन पत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई बुझाइएको ज्ञापन पत्रमा महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिएको छ । यस्तै, महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ । महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन व्यवसायीको माग

५ चैत, काठमाडौं । यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत […]