इन्धनको मूल्य नघटाए गाडी भाडा बढाउने यातायात व्यवसायीको चेतावनीलाई के भन्नुहुन्छ ?

यातायात व्यवसायीले फागुन २५ भित्र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए गाडी भाडा बढाउने चेतावनी दिएका छन् । पटक(पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको भन्दै घाटा खाएर पुरानै भाडामा सवारीसाधन चलाउन नसक्ने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले नेपाल आयल निगमलाई गत माघ १० र १९ गते मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै पत्र पठाएको थियो ।