मध्य भोटेकोशीको ९० लाख कित्ता शेयर असाेज २० गने खुल्ने

काठमाडौं : मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही असोज २० गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।कम्पनीले यसअघि सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको पहिलो चरणको शेयर सोमबार बाँडफाँड सम्पन्न गरेको छ।  जसमा आयोजना प्रभावितले अधिकतम १९० कित्ता र अन्य जिल्लाबासीले ५० कित्तासम्म शेयर पाएका छन्।दोस

सम्बन्धित सामग्री

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सर्वाधिक ४ लाख ५७ हजारभन्दा बढी शेयर खरीद माग

पुस २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको सवा एक घण्टाको अवधिमा मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सर्वाधिक ४ लाख ५७ हजारभन्दा बढी शेयर खरीद माग रहेको छ । कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको हो । सो अवधिमा कम्पनीको ४ लाख ५७ हजार १०६ कित्ता शेयर खरीद माग रहेको छ । खरीद माग बढी भएसँगै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३५ दशमलव ६० मा कारोबार भइरहेको छ । कम्पनीको शेयरमूल्यमा दोस्रोबजारमा सूचीकृत भएदेखि नै सकारात्मक सर्किट लाग्दै आएको छ ।

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

पुस १३, काठमाडौं । कारोबारमा आएको तेस्रो दिन मंलगलवार पनि मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोवार दिनको तुलनामा यो दिन १० प्रतिशतले बढेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३३ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचार तयार पार्दाको समय १२ : ३० बजेसम्ममा मार्केट डेप्थमा ११ लाख ४३ हजार ३५२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।   कम्पनीको ६ करोड कित्ता शेयर दोस्रो बजारमा गत शुक्रवार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको शेयरमूल्य गत आइतवारदेखि सकारात्मक सर्किट लागेर वृद्धि हुँदै आएको छ ।

मध्य भोटेकोशी कम्पनीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

पुस १२, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा मध्य भोटेकोशी कम्पनीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २२९ओटा धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् कम्पनीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी,गोर्खाज फाइनान्स,सन्राइज फष्ट म्युचुअल फण्ड, सानिमा इक्विटी फण्ड र प्रभु सेलेक्ट फण्डको इकाईमा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत् कम्पनीको १४ लाख ११ हजार ४०८ कित्ता शेयर खरीद माग रहेको छ ।  त्यसैगरी गोर्खाज फाइनान्सको ३ लाख ४७ हजार ३७१ कित्ता,सन्राइज फष्र्ट म्युचुअल फण्डको ३ लाख १६ हजार २५० इकाई ,सानिमा इक्विटी फण्डको १ लाख ८७ हजार ५०० इकाई र प्रभु सेलेक्ट फण्डको १ लाख ४८ हजार ७१० इकाई खरीद माग रहेको छ ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३१ दशलमव ३२ अंक घटेर २ हजार ५६० दशमलव ११ विन्दुमा रहेको छ ।

डिम्याट खातामा आइपुग्यो मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ

पुस १०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ शनिवारदेखि शेयरधनीको हितग्राही खाता(डिम्याट) मा आइपुगेको छ । कम्पनीको शेयर गत शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो । कम्पनीको स्टक  सिम्बोल एमबीजेसी रहेको छ ।  कम्पनीको ६ करोड कित्ता आईपीओ सूचीकृत भएको हो ।अव कम्पनीको उक्त शेयर दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ दशमलव ३९ देखि २८३ दशमलव १७ तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।  कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ६० लाख कित्ता,कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख कित्ता,ऋणदाता संस्थाका कर्मचारी ६ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३ करोड ६ लाख कित्ता गरी कुल ६ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

मध्य भोटेकोशीकाे आईपीओ

काठमाण्डाै – मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर आजदेखि निष्कासन गरेको हो ।९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।सर्वसाधारणले न्यूनतम १० कित्ता...

मध्य भोटेकोशी जलविद्युतको आइपिओ खुल्यो, कति दिने आवेदन ?

मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।  कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो ।कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार अर्थात कुल निष्काशनको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ भने ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ८१ लाख ९०

मध्य भोटेकोशी जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन ३२ गते) अन्तिम दिन रहेको छ। कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भइ गत साउन ५ गतेदेखि पुनः निष्काशन खुला गरिएको सो आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ। कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक ज...

मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ निष्कासन

काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमुल्यका साधारण शेयर निष्कासन गरेको जनाएको छ । कम्पनीले कुल कित्ता मध्ये १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक भोटेकोशीका वडा १ र ५, बाह्रबिसे नगरपालिकाको ५, ६, ७, ८ वडाका बासिन्दालाई छुट्टाएको […]

खुल्यो मध्य भोटेकोशी जलविद्युतको आईपीओ, कति दिने आवेदन ?

मंगलवारदेखि (वैशाख २१) मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले हाल आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयका लागि मात्र ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । ६० लाख कित्तामध्ये ३०% ले हुन आउने १८ लाख कित्ता शेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) तथा बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्थाङ र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्याइएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता शेयर भने सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थ...

मध्य भोटेकोशी जलविद्युतले स्थानीयका लागि मंगलवारदेखि आईपीओ निष्कासन गर्ने

वैशाख २०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले मंगलवार (वैशाख २१ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।  कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  उक्त आईपीओमा स्थानीय बासिन्दाले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्ता देखि ४०० कित्तासम्मका लागि आवेदन गर्न सकिनेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।