मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सर्वाधिक ४ लाख ५७ हजारभन्दा बढी शेयर खरीद माग

पुस २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको सवा एक घण्टाको अवधिमा मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सर्वाधिक ४ लाख ५७ हजारभन्दा बढी शेयर खरीद माग रहेको छ । कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको हो । सो अवधिमा कम्पनीको ४ लाख ५७ हजार १०६ कित्ता शेयर खरीद माग रहेको छ । खरीद माग बढी भएसँगै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३५ दशमलव ६० मा कारोबार भइरहेको छ । कम्पनीको शेयरमूल्यमा दोस्रोबजारमा सूचीकृत भएदेखि नै सकारात्मक सर्किट लाग्दै आएको छ ।

सम्बन्धित सामग्री

६ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट, कुन - कुन कम्पनीको शेयरमा लाग्यो सर्किट ?

पुस २७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४९ दशमलव १९ अंकले बढेको छ । नेप्से परिसूचक २ हजार ८३४ दशलमव १३ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका २३२ ओटा धितोपत्रमध्ये छ ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  नारायणी डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,पोखरा फाइनान्स,कर्पोरेट डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सिभिल लघुवित्तको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ भने बाँकी पाँच ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । बजार बढेसँगै ती छ ओटै कम्पनीको शेयरमूल्यमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  यो दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५७० दशमलव ९०, नेपाल फाइनान्सको रू.६९३,पोखरा फाइनान्सको ५७३ दशमलव १०, कर्पोरेट डेभलपमेन्ट बैंकको रू. ५५० दशमलव २०, मध्य भोटेकोशी जलविद्युत कम्पनीको रू.३१३ दशमलव ५० र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य रू. १ हजार १८६ पुगेको छ ।