डिम्याट खातामा आइपुग्यो मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ

पुस १०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ शनिवारदेखि शेयरधनीको हितग्राही खाता(डिम्याट) मा आइपुगेको छ । कम्पनीको शेयर गत शुक्रवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो । कम्पनीको स्टक  सिम्बोल एमबीजेसी रहेको छ ।  कम्पनीको ६ करोड कित्ता आईपीओ सूचीकृत भएको हो ।अव कम्पनीको उक्त शेयर दोस्रो बजारमा आइतवारदेखि कारोबारमा आउनेछ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ दशमलव ३९ देखि २८३ दशमलव १७ तोकेको छ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।  कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ६० लाख कित्ता,कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख कित्ता,ऋणदाता संस्थाका कर्मचारी ६ लाख कित्ता, संस्थापक शेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३ करोड ६ लाख कित्ता गरी कुल ६ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गराएको हो ।