पुस १३, काठमाडौं । कारोबारमा आएको तेस्रो दिन मंलगलवार पनि मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोवार दिनको तुलनामा यो दिन १० प्रतिशतले बढेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३३ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।
यो समाचार तयार पार्दाको समय १२ : ३० बजेसम्ममा मार्केट डेप्थमा ११ लाख ४३ हजार ३५२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
कम्पनीको ६ करोड कित्ता शेयर दोस्रो बजारमा गत शुक्रवार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीको शेयरमूल्य गत आइतवारदेखि सकारात्मक सर्किट लागेर वृद्धि हुँदै आएको छ ।