मध्य भोटेकोशी जलविद्युतले स्थानीयका लागि मंगलवारदेखि आईपीओ निष्कासन गर्ने

वैशाख २०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले मंगलवार (वैशाख २१ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।  कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  उक्त आईपीओमा स्थानीय बासिन्दाले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्ता देखि ४०० कित्तासम्मका लागि आवेदन गर्न सकिनेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

सम्बन्धित सामग्री

मध्य भोटेकोशीको आईपीओ २० गतेबाट खुला गरिने, ९० लाख कित्तामा आवेदन माग

मध्य भोटेकोशी जलविद्युत कम्पनी २० असोजबाट  सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९० लाख  कित्ता आईपीओ जारी गर्ने भएको हो ।

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने समय थपियो

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि सार्वजनिक गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप गरेको छ। वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन भएको थियो। यसअघि आजसम्म मात्र तोकिएको आवेदन मिति साउनको ३२ गतेसम्ममा बढाइएको हो। निषेधाज्ञाका कारण रोकिएको आईपीओ आवेदन रोकिएर साउन ५ गतेदेखि पुन निष्कासन गरिएको थियो।

निषेधाज्ञाका कारण मध्य भोटेकोशी जलविद्युतको आईपीओ निष्कासन स्थगित

वैशाख २३, काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित स्थानिय र अन्य वासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनी र विक्री प्रबन्धकले बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै परिस्थिति सहज नभएसम्मका लागि निष्कासन स्थगित गरेको जानकारी दिएको हो ।  यस कम्पनीको आईपीओमा स्थायिनले पनि अनलाईन आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र उपत्यकामा रहेका सात ओटा मर्चेण्ट बैंकरहरुको वेवसाइटमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको थियो ।  कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओ विक्री खुला भएको दोस्रो दिन बुधवार साँझ ५ बजेसम्म आयोजना प्रभावित क्षेत्रका २७१ जना स्थानियबाट ७७ हजार ८९० कित्ता र ३ हजार ९८ अन्य वासिन्दाहरुबाट ५ लाख १० हजार ४७० कित्ताको लागि आवेदन परिसकेको थियो ।  सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गते नै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।  यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।

मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ निष्कासन

काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमुल्यका साधारण शेयर निष्कासन गरेको जनाएको छ । कम्पनीले कुल कित्ता मध्ये १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक भोटेकोशीका वडा १ र ५, बाह्रबिसे नगरपालिकाको ५, ६, ७, ८ वडाका बासिन्दालाई छुट्टाएको […]

मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ आजदेखि

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित ६० लाख कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये, १८ लाख कित्ता सेयर सिन्धुपाल्चोकका भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिकाका स्थानीयलाई र बाँकी ४२ कित्ता सेयर जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाका स्थानीयलाई बाँडफाँड गरिनेछ।