मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ निष्कासन

काठमाडौँ। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमुल्यका साधारण शेयर निष्कासन गरेको जनाएको छ । कम्पनीले कुल कित्ता मध्ये १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक भोटेकोशीका वडा १ र ५, बाह्रबिसे नगरपालिकाको ५, ६, ७, ८ वडाका बासिन्दालाई छुट्टाएको […]

सम्बन्धित सामग्री

सेबोनले आईपीओ निष्कासन रोक्नु हुँदैन [अन्तरवार्ता]

तुलसीराम ढकालले २०५६ सालदेखि शेयर बजारमा लगानी गर्दै आएका छन् । चिलिमे हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक ढकाल नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष समेत हुन् । प्रस्तुत छ, नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता, शेयर बजारमा सुरक्षित लगानीका उपाय लगायत विषयमा उनीसँग आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीको सार : नेपालमा नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढेको छ । अहिले कतिपयले यसको विरोध गरेका छन् भने केहीले समर्थन पनि गरेका छन् । नेपालमा अर्को स्टक एक्सचेञ्जको आवश्यकता छ ? नेपालमा नयाँ स्टक एक्सचेञ्जको आवश्यकता छ । अहिलेको स्टक एक्सचेञ्ज नेपाल सरकारबाट सञ्चालन भइरहेको छ । यसले बजारको विकास, विस्तारका लागि खासै काम गर्न सकेको छैन । हिजो ३ अर्ब रुपैयाँको कारोबार हुँदा ल्याइएको सफ्टवेयर २२ अर्बसम्मको कारोबार हुँदा पनि त्यही नै छ । नेप्सेले सुधार गर्नुपर्ने जति पनि काम थिए, तिनको सुधार हुन सकेको छैन । अहिलेकै स्टक एक्सचेञ्जको सुधार गरेर, निजीकरण गरेर लगानीका नयाँ नयाँ उपकरण भित्त्याएर पनि शेयर बजारको दिगो विकास एवं सुदृढीकरण गर्न सकिन्थ्यो । तर राज्यले त्यो गर्न चाहेन । त्यसैले नयाँ स्टक एक्सचेञ्जको आवश्यकता भएको हो । त्यो माग हामीले नै राखेका हांै । नयाँ स्टक आउँदा त्यसले लगानीकर्ताका साथै समग्र बजारमै फाइदा पुग्छ । उदाहरणका लागि, हिजो वाणिज्य बैंक, नेपाल बैंक, कृषि बैंक थिए । पछि किन अरू बैंकलाई सञ्चालनको अनुमति दिइयो त ? किनकि अर्को बैंक आउनेबित्तिकै प्रतिस्पर्धी भयो । प्रतिस्पर्धा भएसँगै आमजनताले स्तरीय सेवासुविधा पाए । त्यस्तै अहिलेको स्टक एक्सचेञ्ज पनि अर्को स्टक एक्सचेञ्ज आउनेबित्तिकै सुधार हुन्छ । प्रतिस्पर्धा हुनेबित्तिकै लगानीकर्ताले सहज, छिटोछरितो र नयाँ नयाँ सेवासुविधा पनि पाउँछन् । धितोपत्र बजारका नवीनतम प्रविधि भित्रिन्छन् । विश्व बजारमा आएका लगानीका नयाँ उपकरण आउँछन् । यसरी पूँजी बजारले फ्डको मार्न सक्छ । त्यसैले, नयाँ स्टक एक्सचेञ्ज आवश्यक छ । निजीक्षेत्रको जलविद्युत् आयोजना विद्युत् विक्री अनुमति पाएको ३० वर्षपछि सरकारी स्वामित्वमा जाने व्यवस्था छ । त्यसपछि सर्वसाधारणको शेयरको अवस्था के हुन्छ ? यस सम्बन्धमा अहिलेसम्म खास व्यवस्था गरिएको छैन । कुनै पनि जलविद्युत् ३० वर्ष पुगेर सरकारलाई बुझाइएको पनि छैन । भोलिका दिनमा सरकारलाई बुझाउनुपर्ने अवस्था आएमा जुन आयोजना हो, त्यो मात्र बुझाउने हो, आयोजनाको अरू सम्पत्ति बुझाउने होइन । उदाहरणका लागि, हाम्रो चिलिमे हाइड्रोपावर निर्धारित अवधि पूरा भएपछि सरकारलाई बुझाउने हो । सो कम्पनीको घरभवन, अन्य आयोजनामा गरिएको लगानी तथा सम्पत्ति सबै हाम्रो हुनेछ । चिलिमे भन्ने संस्था रहिरहन्छ । विद्युत्केन्द्र (प्लान्ट) मात्र सरकारलाई बुझाउने हो । हुन सक्छ, त्यो समयमा प्लान्ट नै चिलिमेले चलाउन सक्छ । यसका विभिन्न पाटा हुन सक्छन् । त्यो विषयमा अहिले लगानीकर्तालाई कसरी सम्बोधन गर्ने भनेर केही भएको छैन । तर कुनै पनि लगानीकर्ताको लगानी डुब्नु हुँदैन । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अहिले साधारण शेयर निष्कासन (आईपीओ)को स्वीकृति प्रक्रिया रोकेको छ । लगानीकर्ताले यसको आलोचना पनि गरिरहेका छन् । यो रोक्नु उचित हो ? आईपीओ रोक्नु हुँदैन जस्तो लाग्छ । त्यो भनेको लगानीकर्ताका लागि अवसर हो । लगानीकर्ताले विभिन्न क्षेत्रका कम्पनीको आईपीओ छानी छानी लगानी गर्न पाउनुपर्छ । त्यो अवसर गुम्नु हुँदैन । यो लगानीकर्ताको अधिकारको कुरा पनि हो । लगानीकर्ताले कम्पनीको बारेमा बुझेर लगानी गर्नुपर्छ । यद्यपि, सेबोनले सधैंभरिका लागि रोकेको होइन । केही समयका लागि अध्ययन गर्न रोकेको हुन सक्छ । त्यसपछि तुरुन्त आईपीओ स्वीकृति प्रक्रिया अगाडि बढ्छ जस्तो लाग्छ । म्युचुअल फण्डलाई सेबोनले आरक्षणमा पाएको शेयर विक्री गर्न ६ महीनाको लकिङ पिरियड लगाइदिएको छ । यो कत्तिको उपयुक्त हो ?  यो एकदमै उपयुक्त हो । किनभने आममानिस प्रतिस्पर्धामा गएर १० कित्ता पाउँछन् । तर म्युचुअल फण्डले आरक्षणमा शेयर पाउने अनि सूचीकृत भएको भोलिपल्ट बढ्नेबित्तिकै विक्री गर्छन् । त्यो उचित होइन । त्यसैले केही समयसम्म लकिङ हुनुपर्छ । लकिङ भइसकेपछि मार्केटमा त्यसको माग र आपूर्ति पनि थाहा हुन्छ । यो आम लगानीकर्ताले राखेको माग हो, जुन स्वागतयोग्य छ । शेयर बजार जोखिमको क्षेत्र हो । यो बजारबाट कसरी सफलता प्राप्त गर्न सकिन्छ ? पूँजी बजारमा नाफा–घाटा दुवै हुन्छ । पूँजी बजारमा लगानी गर्नेबित्तिकै नाफा हुन्छ भन्ने छैन । सधैं घाटा पनि हुँदैन । त्यसैले कम्पनीको बारेमा धेरै अध्ययन गरेर, बुझेर लगानी गर्नुपर्छ । धेरै जनाले अरूले भनेको भरमा लगानी गर्नुहुन्छ । त्यो एकदमै गलत हो । तपाईं कुन कम्पनीमा लगानी गर्दै हुनुहुन्छ, त्यो कम्पनीको समग्र वित्तीय अवस्था, सञ्चालक र लाभांशको बारेमा बुझ्नुहोस् । यसरी बुझेर लगानी गरेमा जोखिमभन्दा पनि प्रतिफल बढी हुन्छ । हल्लाको भरमा, लहैलहैमा अथवा अरूले कमाएको देखेर नबुझी लगानी गरेमा गुमाउने सम्भावना बढी हुन्छ । यसकारण शेयर बजारमा लगानी गर्नुपूर्व कम्पनीका ससाना कुरा पनि अध्ययन गर्नुपर्छ । शेयर बजारबाट लाभ लिन धैर्य पनि राख्न सक्नुपर्छ । किनकि चाहेको प्रतिफल आजको भोलि नै नपाइन सक्छ । त्यसैले शेयर बजारमा सबै कुरा बुझेर, जोखिम विश्लेषण गरेर लगानी गरेमा राम्रो प्रतिफल पाउन सकिन्छ ।

यी हुन् आईपीओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरु(अर्काइभबाट)

असोज २६, काठमाडौं । विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले प्राथमिक शेयर निष्कासन(आईपीओ) को प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ । सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो । हालसम्म २३ ओटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै  नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन दिएका छन् । दोस्रो बजार प्रवेश गर्ने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीहरुको छ । आईपीओ निष्कासनको तयारीमा रहेका २३ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् । जलविद्युत् कम्पनीहरूको बजार प्रवेशको तयारी हेर्दा आगामी दिनमा शेयर बजारमा जलविद्युत् कम्पनीको वर्चस्व बढ्ने देखिन्छ । हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व छ । पछिल्लो समय न्यादी हाइड्रो  पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । त्यसो त मध्य भोटेकोशी हाइड्रोपावरले  असोज २० गतेदेखि आईपीओ जारी गरिसकेको छ । नेपाल धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि  जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् ।

मध्य भोटेकोशीको आईपीओ २० गतेबाट खुला गरिने, ९० लाख कित्तामा आवेदन माग

मध्य भोटेकोशी जलविद्युत कम्पनी २० असोजबाट  सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९० लाख  कित्ता आईपीओ जारी गर्ने भएको हो ।

मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने समय थपियो

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि सार्वजनिक गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप गरेको छ। वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन भएको थियो। यसअघि आजसम्म मात्र तोकिएको आवेदन मिति साउनको ३२ गतेसम्ममा बढाइएको हो। निषेधाज्ञाका कारण रोकिएको आईपीओ आवेदन रोकिएर साउन ५ गतेदेखि पुन निष्कासन गरिएको थियो।

निषेधाज्ञाका कारण मध्य भोटेकोशी जलविद्युतको आईपीओ निष्कासन स्थगित

वैशाख २३, काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित स्थानिय र अन्य वासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनी र विक्री प्रबन्धकले बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै परिस्थिति सहज नभएसम्मका लागि निष्कासन स्थगित गरेको जानकारी दिएको हो ।  यस कम्पनीको आईपीओमा स्थायिनले पनि अनलाईन आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र उपत्यकामा रहेका सात ओटा मर्चेण्ट बैंकरहरुको वेवसाइटमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको थियो ।  कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओ विक्री खुला भएको दोस्रो दिन बुधवार साँझ ५ बजेसम्म आयोजना प्रभावित क्षेत्रका २७१ जना स्थानियबाट ७७ हजार ८९० कित्ता र ३ हजार ९८ अन्य वासिन्दाहरुबाट ५ लाख १० हजार ४७० कित्ताको लागि आवेदन परिसकेको थियो ।  सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गते नै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।  यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।

मध्य भोटेकोशीको ६० लाख कित्ता आईपीओ आजदेखि

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आजदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित ६० लाख कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये, १८ लाख कित्ता सेयर सिन्धुपाल्चोकका भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिकाका स्थानीयलाई र बाँकी ४२ कित्ता सेयर जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाका स्थानीयलाई बाँडफाँड गरिनेछ।

मध्य भोटेकोशी जलविद्युतले स्थानीयका लागि मंगलवारदेखि आईपीओ निष्कासन गर्ने

वैशाख २०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले मंगलवार (वैशाख २१ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।  कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडा नं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि  १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  उक्त आईपीओमा स्थानीय बासिन्दाले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन गर्न सक्नेछन् । उक्त शेयर खरीदका लागि आवेदन दिंदा न्यूनतम १० कित्ता देखि ४०० कित्तासम्मका लागि आवेदन गर्न सकिनेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि निष्कासन गरेपछि दोस्रो चरणमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

मध्यभोटेकोशी जलविद्युतले पायो आईपीओ निष्कासन गर्न अनुमति

वैशाख ७, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि उक्त रकम बराबरको १ करोड ५० लाख कित्ता आईपीओ विक्रीको लागि वैशाख ५ गते अनुमति दिएको हो ।  अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको रू. ६० करोड बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ विक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  यसअघि कम्पनीले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ ।  कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था ( चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर ) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।  पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि विसं २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो । उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले विसं २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो ।  जारी पूँजी रू. ६ अर्ब रहेको उक्त कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो । अब कम्पनीले आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्नेछ ।  कर्मचारीमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । उक्त कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

मध्य भोटेकोशीको एक करोड ५० लाख कित्ता आईपीओ आउने

काठमाडौं। नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशी हाइड्रोपावरलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति दिएको छ। यसअनुसार भोटेकोशीले एक सय रूपैयाँ अङ्कित एक करोड ५० लाख कित्ता सेयर निष्कासन गर्नेछ। यसमध्ये ६० लाख कित्ता स्थानीयलाई छुट्याउनुपर्नेछ। बाँकी रहेको एक करोड १० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुनेछ। आइपीओ बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटलले पाएको छ।