बैतडी अस्पतालमा अक्सिजन प्लान्टको सामग्री पुग्यो

बैतडी : जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक केही सामग्री आइपुगेको छ। अस्पतालका प्रमुख डा. वसन्तराज जोशीका अनुसार सबै सामान आइपुगेपछि जडान सुरु हुनेछ।‘केही सामानहरु ल्याइएका छन्, आवश्यक पर्ने सबै सामान आएपछि जडानको काम थाल्छौं‚’ उनले भने‚ ‘पुरै समान आइपुग्न अझै दुई साता लाग्छ।’प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ प्राप्त भएको छ।गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हे

सम्बन्धित सामग्री

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ। कोरोना भाइरसको अघिल्लो लहरमा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन परेको थियो।...

बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

प्लान्ट स्थापना भएसंगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । सिलिन्डर खरिद गरेर अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ ।

बैतडी अस्पतालमा जटिल शल्यक्रिया सेवा

बैतडी अस्पतालमा शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ । छात्रवृत्ति करारका चिकित्सकले बैतडी अपस्तालमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया गरेर जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गर्नुभएको हो । जिल्ला अस्पताल बैतडीमा अहिले एक एमडीजीपी चिकित्सकसहित नौ चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेको अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो । बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान भई एक घण्टामा छवटा अक्सिजन सिलिन्डर भर्न सकिन भएपछि एफएनसीओ (नवजात शिशुलाई २८ दिनसम्म राख्न सकिने) सेवा सुरु भएको छ ।

बैतडीमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

बैतडी – जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिएको छ । प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री पुगिसकेको छ । जिल्ला अस्पताल प्रमुख डा वसन्तराज जोशीका अनुसार प्लान्ट स्थापनाका लागि पहिलो चरणमा केही सामग्री आएको बाँकी पनि चाँडै आइपुग्ने छ । उनले भने, ‘सबै सामग्री आएपछि जडानको काम सम्पन्न गछौँ ।’ पूरै सामग्री आइपुग्न अझै दुई […]

सुदूरपश्चिमका दुई अस्पतालमा सम्झौताअनुसार अक्सिजन प्लान्ट जडान भएन

धनगढी– सुदूरपश्चिमका दुई जिल्लामा ठेकेदारको लापरवाहीले अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ भएको छ। असारभित्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सम्झौता भएपनि दार्चुला र बैतडी जिल्ला अस्पतालमा ठेकेदारको लापरवाहीले ढिला भएको हो। हेल्थ केयर काठमाडौँसँग अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको तीन महिना बितिसक्दासमेत अहिलेसम्म प्लान्ट जडान नभएको बैतडी जिल्ला अस्पतालले जनाएको छ। सम्झौता भएको हेल्थ […]

सम्झौताको तीन महिना बित्न लाग्दा पनि बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

बैतडी : गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना बित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ। सम्झौता गरिएको कम्पनीको लापरवाहीका कारण प्लान्ट स्थापनामा ढिलाइ भएको हो। असारभित्र प्लान्ट निर्माण गर्ने गरी हेल्थ केयर सप्लायर्स, काठमाडौं र अस्पतालबीच सम्झौता भएको थियो। प्लान्ट…

भेन्टिलेटर कक्ष ७ महिनापछि सञ्चालनमा, अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया सुरु

बैतडी : दक्ष जनशक्तिको अभावका कारण ७ महिनादेखि बैतडी अस्पतालमा प्रयोगविहीन २ बेडको आइसियूसहितको भेन्टिलेटर कक्ष सञ्चालनमा आएको छ।गत मंसिरमा कोरोनाका जटिल बिरामीको  जिल्लामा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई भेन्टिलेटर उपलब्ध गराएको थियो। भेन्टिलेटर उपलब्ध गराएको भएपनि जनशक्ति नहुँदा हालसम्म सञ्चालनमा आउन सकेको थिएन। हाल अस्पतालमै भएको जनशक्तिले भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। प्रदेशको सामाजिक विकास मन

जिल्ला अस्पताललाई ८० लाखका दरले रकम उपलव्ध गराउने प्रदेश सरकारको निर्णय

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रति अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्नका लागि रु ८०÷८० लाख रकम प्रदान गरेको हो । प्रदेशका छ जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गरी सञ्चालनमा ल्याउन उक्त रकम प्रदान गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको जानकारी दिएको छ । प्रदेशमा कोरोना सङ