बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

प्लान्ट स्थापना भएसंगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । सिलिन्डर खरिद गरेर अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन

बैतडी : जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। सङ्घीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख बजेटबाट प्लान्ट सञ्चालनमा आएको हो।भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ।कोरोना महामारीको दोस्रो लहरलाई मध्यजनर गर्दै वि.सं. २०७८ असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्न बजेट छुट्याएको थियो। कोरोना महामारी र ठेकेदार कम्पनीको लापरबाहीका कारण प्लान्ट स

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन

बैतडी– जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । संघीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको रु ८० लाख बजेटबाट प्लान्ट सञ्चालनमा आएको हो ।   भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना सङ्क्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ । कोरोना महामारीको दोस्रो लहरलाई […]

अक्सिजन प्लान्ट जडान हुन ढिलाइ

विनोदसिंह विष्ट, बैतडी कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को खतरा बढिरहेका बेला जिल्ला अस्पताल बैतडीमा अझै पनि अक्सिजन प्लान्ट स्थापना हुन सकेको छैन । ठेकेदार कम्पनीको लापरबाहीका कारण प्लान्ट स्थापनाको काममा ढिलाइ भएको हो ।गत असारमै प्लान्ट स्थापना गरिसक्ने गरी हेल्थ केयर काठमाडौंसँग सम्झौता भए पनि हालसम्म पनि जडान हुन सकेको छैन । उक्त […]

बैतडीमा अक्सिजन प्लान्ट स्थापना गरिँदै

बैतडी – जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिएको छ । प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री पुगिसकेको छ । जिल्ला अस्पताल प्रमुख डा वसन्तराज जोशीका अनुसार प्लान्ट स्थापनाका लागि पहिलो चरणमा केही सामग्री आएको बाँकी पनि चाँडै आइपुग्ने छ । उनले भने, ‘सबै सामग्री आएपछि जडानको काम सम्पन्न गछौँ ।’ पूरै सामग्री आइपुग्न अझै दुई […]

बैतडी अस्पतालमा अक्सिजन प्लान्टको सामग्री पुग्यो

बैतडी : जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि आवश्यक केही सामग्री आइपुगेको छ। अस्पतालका प्रमुख डा. वसन्तराज जोशीका अनुसार सबै सामान आइपुगेपछि जडान सुरु हुनेछ।‘केही सामानहरु ल्याइएका छन्, आवश्यक पर्ने सबै सामान आएपछि जडानको काम थाल्छौं‚’ उनले भने‚ ‘पुरै समान आइपुग्न अझै दुई साता लाग्छ।’प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ प्राप्त भएको छ।गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हे

अक्सिजन प्लान्ट स्थापना अन्योलमा

विनोदसिंह विष्ट, बैतडी । गत असारमै जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भए पनि हालसम्म उक्त कार्य अन्योलमा रहेको छ । सम्झौता गरिएको कम्पनीको ढिलाइका कारण अक्सिजन प्लान्ट स्थापनामा ढिलाई भएको हो । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँ र अस्पतालबीच सम्झौता भएको थियो । तर, हालसम्म […]

ठेकेदारको बेवास्ताले बैतडीमा अझै स्थापना भएन अक्सिजन प्लान्ट

बैतडी : गत असारमै जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएपनि अझै स्थापना गरिएको छैन। ठेकेदारले बेवास्ता गरेकाले अक्सिजन प्लान्ट स्थापना नभएको हो।  गत असारभित्रै प्लान्ट सञ्चालनमा आइसक्नुपर्ने थियो। प्लान्ट निर्माणको जिम्मा हेल्थ केयर सप्लायर्स काठमाडौंलाई दिइएको थियो। हालसम्म पनि अक्सिजन प्लान्ट स्थापनाको काम सुरु नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए।प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश

अझै हुन सकेन अक्सिजन प्लान्ट स्थापना

विनोदसिंह विष्ट, बैतडी । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम शुरु हुन सकेको छैन । गत असारभित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम गर्न नसेकेको हो । प्लान्ट स्थापनाका लागि संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट […]

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडान अन्यौलमा

साउन २८, बैतडी । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडानको काम अन्यौलमा परेको छ । नेपलमा प्लान्ट निर्माणको समान नपाइदा जडान कार्य अन्यौलमा परेको हो । गत असार महीनाभित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको थियो । सम्झौता भएपनि कम्पनीले हालसम्म प्लान्ट जडानको काम शुरू गरेको छैन । प्लान्ट स्थापना गर्न संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेर प्रक्रियमा गएपनि प्लान्ट जडानको सामन नपाएकाले हालसम्म पनि जडानको काम शुरू नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । ‘ठेकेदारले प्लान्ट जडानको समानको अडर भएको र अहिलेसम्म प्राप्त नभएको बताउँदै आएको छ’ उनले भने । आफूसँग स्टोक समान नभएकाले चिनबाट निर्माणको समान मगाएको सप्लायर्सले बताएको छ ।  जिल्ला अस्पताल बैतडी र हेल्थ केयर सप्लायर्स काठमाडौंबिच एक महीनाभित्र जडान गरी सक्ने भनी सम्झौता भएको थियो । सप्लायर्सले समान नपाइएकाले थप एक महीना साउन मसान्तसम्मको समय थप गराएको छ । थप समयमा पनि जडान गर्न नसकिने देखिएपछि अहिले जडानको काम अन्यौलमा परेको छ । कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । अहिले तेस्रो लहर आउने सम्भावना बढेपनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने अस्पताले बताएको छ ।  प्लान्ट स्थापना भएपछि कोरोना महामारीका लागि मात्रै नभएर निर्माणाधीन ५० शय्याको अस्पतालका लागि पनि सहयोग पुग्नेछ । जिल्ला अस्पताल बैतडीमा १०० भन्दा बढी अक्सिजन सिलिन्डर छन् भने ३२ ओटा अक्सिजन कन्सन्ट्रेटर छन् ।

अक्सिजन प्लान्ट स्थापनाको काम शुरू

बैतडी (नेस) । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया थालिएको छ । संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख बजेट प्राप्त भएपछि प्लान्ट स्थापनाको प्रक्रिया थालिएको हो ।असारभित्र प्लान्ट निर्माण सम्पन्न हुने गरी प्रक्रिया अघि बढाइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । प्लान्ट स्थापनाका […]