बैतडी : दक्ष जनशक्तिको अभावका कारण ७ महिनादेखि बैतडी अस्पतालमा प्रयोगविहीन २ बेडको आइसियूसहितको भेन्टिलेटर कक्ष सञ्चालनमा आएको छ।गत मंसिरमा कोरोनाका जटिल बिरामीको जिल्लामा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई भेन्टिलेटर उपलब्ध गराएको थियो। भेन्टिलेटर उपलब्ध गराएको भएपनि जनशक्ति नहुँदा हालसम्म सञ्चालनमा आउन सकेको थिएन। हाल अस्पतालमै भएको जनशक्तिले भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। प्रदेशको सामाजिक विकास मन