बैतडी अस्पतालमा जटिल शल्यक्रिया सेवा

बैतडी अस्पतालमा शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ । छात्रवृत्ति करारका चिकित्सकले बैतडी अपस्तालमा पहिलो पटक एपेन्डिसाइटको शल्यक्रिया गरेर जिल्लामै गुणस्तरीय स्वास्थ्य सेवा सुरु गर्नुभएको हो । जिल्ला अस्पताल बैतडीमा अहिले एक एमडीजीपी चिकित्सकसहित नौ चिकित्सकले गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेको अस्पताल प्रमुख डा. दिपेश श्रेष्ठले बताउनुभयो । बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान भई एक घण्टामा छवटा अक्सिजन सिलिन्डर भर्न सकिन भएपछि एफएनसीओ (नवजात शिशुलाई २८ दिनसम्म राख्न सकिने) सेवा सुरु भएको छ ।

सम्बन्धित सामग्री