अर्थ मन्त्रालयले १२ अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन विस्तारका लागि १६ करोड ८० लाखसम्मको खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयबाट ११ अस्पतालमा अक्सिजन प्लान्ट र एक अस्पतालमा पाइपलाइन विस्तारका लागि झन्डै १७ करोडको खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेका हुन् ।
निर्णयानुसार उक्त सुविधा पाउनेमा दमौली अस्पताल तनहुँ, स्याङ्जा अस्पताल स्याङ्जा, बैतडी अस्पताल बैतडी, डोटी अस्पताल डोटी, अर्घाखाँची अस्पताल अर्घाखाँची, पी चन्द्र अस्पताल नवलपरासी, तौलिहवा अस्पताल कपिलवस्तु, पाल्प...