मिटर ब्याजसम्बन्धी अध्ययन गर्न पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुस्कर कार्की र […]

सम्बन्धित सामग्री

मिटरब्याज जाँचबुझ आयोग गठन

काठमाडौँ- सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न बनेको आ...

मिटरब्याज जाँचबुझ आयोग गठन

काठमाडौँ- सरकारले पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न बनेको आ...

बालकुमारी घटनाको छानबिन गर्न आयोग गठन

सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको हो ।

सुन तस्करी प्रकरणमा सरकारद्वारा उच्चस्तरीय आयोग गठन

काठमाडौं। सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चारसदस्यीय छानबिन आयोग गठन गरेको छ । आयोगका सदस्यमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा छन् । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन महीनाको समय दिएर आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘सुनको अवैध पैठारी तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गरिएको छ,’ उनले भनिन् । आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलपछि आयोग गठनको निर्णय गरिएको थियो । सुन तस्करी प्रकरणका सम्बन्धमा एमालेलगायत दलले उच्चस्तरीय छानबिन आयोगको माग गर्दै आएकोमा गत भदौ ६ गते सरकार र राजनीतिक दलबीच असोज ५ सम्ममा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र सोही दिनदेखि आयोगले काम गर्ने सहमति भएको थियो ।

सुन तस्करी छानबिनका लागि चार सदस्यीय आयोग गठन

काठमाडौँ - सरकारले सुन तस्करी छानबिनका लागि आयोग गठन गरेको छ ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको हो ...

सुन तस्करी : डिल्ली आचार्यको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा आयोग गठन गरेको हो । आयोगको चार सदस्यीय टिममा अर्थ मन्त्रालयका किशोरजंग कार्की र गृह मन्त्रालयका प्रेमराज जोशी छन् । एकजना पूर्वएआईजी सहकुल थापा रहेको बताइएको छ […] The post सुन तस्करी : डिल्ली आचार्यको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन तस्करी प्रकरण: पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन

आइतबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन आयोग बनाउने निर्णय गरेको हो ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले गठन गर्‍यो जाँचबुझ आयोग

काठमाडौँ। सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । शनिबार गृह मन्त्रालयमा सरकार र आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समितिबीच […]

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाले दायर गरेको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुदै

नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानाले दायर गरेको रिटमा आज सोमबार दोस्रो सुनुवाई हुदै छ । आज न्यायाधीश ईश्वर खतिवडा र न्यायाधीश प्रकाश कुमार ढुंगाना सम्मिलित संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको छ । यद्यपि यो मुद्दा त्यस इजलाशको ३७ औ नम्बरमा रहेकोले यसको पालो आउने नआउने भने निश्चित छैन ।नेपाल सरकारले निलम्बन गरेपछि बोर्ड अध्यक्ष ढुंगानाले भदौ २३ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  ढुंगानाले दायर गरेको रिटको सुनुवाइ गर्दै भदौ २९ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । त्यसपछि आज पेशी तोकिएको हो ।  धितोपत्र बोर्डको अध्यक्ष पदमा रहेकै बेला आफ्नो छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको पाईएपछि उनलाई सरकारले पदबाट निलम्बन गरेको थियो। सुरुवाती दिनमा कानुनी रुपमा छोरीको नाममा सेयर खरिद गर्नु कुनै गलत नभएको जिकिर गर्दै आएपनि ढुंगानाको गतिबिधि नैतिकताको हिसाबले गलत भएको भन्दै सरकारले पदबाट निलम्बन गरेको थियो। नेपालको इतिहासमै पहिलो पटक बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा ल्याएर त्यहि कम्पनीको सेयर छोरीको नाममा प्रति कित्ता २५० रुपैयाँका दरले किनेपछि ढुंगाना विवादमा तानिएका थिए।    ढुंगानालाई निलम्बन गर्दै छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। जसमा विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य थिए।ढुंगानाले सेयर किनेको बिषय अध्ययन गर्न अर्थ मन्त्रालयले आन्तरिक रूपमा बनाएको छानबिन समिति बलियो नभएपछि गएको भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।  सो समितिको सिफारिसको आधारमा सरकारलाई अध्यक्ष ढुंगानालाई स्पष्टिकरण समेत सोधिसकेको छ । सरकारले उनलाई बर्खास्त गर्ने तयारी स्वरुप स्पष्टिकरण सोधेको हो । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा ल्याएर त्यहि कम्पनीको सेयर परिवारको सदस्यको नाममा किनेको कारण चन्द्र सिंह साउदले नेपाल स्टक एक्सचेन्जको सीईओ पदबाट र चन्द्र ढकालले धितोपत्र बोर्डको संचालक समिति सदस्य पदबाट राजिनामा दिनु परेको थियो।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको स्रोतले जानकारी दियो । धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न जाँचबुझ आयोग गठन सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा लिएको समाचार सार्वजनिक भएपछि अनुसन्धानका लागि समिति बनेको थियो । उनलाई निलम्बन गरेर सरकारले पूर्वन्यायाधीश अनन्तराज डुम्रेको...