काठमाडौँ - सरकारले सुन तस्करी छानबिनका लागि आयोग गठन गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करीको नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग गठन गरेको हो ...