देशभर अहिले हात्तीको संख्या ४ सय हाराहारी पुगेको छ । करिब १५ वर्षअघि अर्थात् सन् २००८ मा डेढ सय हाराहारीमा रहेको हात्तीको संख्या अहिले झन्डै दोब्बरभन्दा बढी पुगेको हो । मानव–द्वन्द्वका बाबजुद पनि देशमा हात्तीको संख्या वृद्धि भएको हो । यो द्वन्द्वका कारण मान्छेसँगै हात्ती पनि मारिने क्रम बढेको छ । २० वर्षमा ३९ वटा हात्ती मारिएका छन् । जसमध्ये ३४ विद्युतीय झट्काका कारण र ६ वटा हात्ती गोली प्रहारका कारण मारिएका हुन् । झापामा मात्रै विगत १५ वर्षमा १५ वटै हात्ती मारिएका छन् ।