विश्व हात्ती दिवस: बर्दियामा हात्ती आक्रमणका घटना बढ्दै

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्तीक्षेत्र लगायत खाता जैविकमार्गमा मानव–हात्ती द्वन्द्व बढेको छ । शनिबार बर्दिया निकुञ्जमा १२ औं अन्तराष्ट्रिय हात्ती दिवस मनाइरहेको चार दिनअघि राजापुर नगरपालिका–१० मझेरास्थित दुई हात्तीले तीन वटा घर भत्काएका थिए ।